
भ्रमणका लागि बजेट नदिएपछि मेयरमाथि विद्यार्थीले गरे आ*क्रमण,
काठमाडौं । भ्रमणका लागि बजेट नदिएको भन्दै मेयरमाथि विद्यार्थीले आ*क्रमण प्रयास गरेका छन् । रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवमाथि आ*क्रमणको प्रयास भएको हो । आइतबार नगरपालिकाको प्राङ्गणमा विद्यार्थीहरूले उहाँ माथि आ*क्रमण गर्ने प्रयास गरे ।
शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै शंकर मावि र आधारभुत विद्यालय छोटी भन्सारका विद्याथीहरूले यादवमाथि आ*क्रमणको प्रयास गरेका हुन् ।प्र*हरीले नगर प्रमुखलाई सुरक्षा दिँदा प्र*हरी र विद्यार्थीबीच पनि झ*डप भएको थियो ।
नेपाल प्रह*रीका सहायक प्र*हरी निरीक्षक सुनिल कुमार यादवसहित एक जवान र सशस्त्र प्र*हरीका तीनजना घा*इते भएको रौतहटका प्रह*री उपरीक्षक वीरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।उहाँका अनुसार झ*डपमा पाँचजना प्रह*री र दर्जनौँ विद्यार्थी घा*इते भएका छन् ।
प्रह*रीले सात राउन्ड अश्रुग्याँस प्र*हार गरेर स्थित नियन्त्रणमा लिएको छ ।विद्यार्थी र प्र*हरीबीच करिब डेढ घण्टा ढुंगा हा*नाहा*न भएको थियो । नगरप्रमुख यादव चढ्ने सरकारी नम्बर प्लेट ना १ झ १६९३ गाडीमा ढुं*गामु*ढा गरी क्ष*तिग्र*स्त बनेको छ ।
विद्यार्थीहरूले गरेको ढुंगामुढाबाट पालिकाको कम्युटर, टेबुल, कुर्सीलगायतका सामानहरूसमेत तो*डफो*ड भएको मेयर यादवले बताउनुभयो ।उहाँले जनता समाजवादी पार्टी र एमालेका नेताहरूको उक्साहटमा आफूमाथि आ*क्रमण प्रयास भएको आ*रोप लगाउनुभयो ।
केही वडाध्यक्ष र प्रध्यानाध्यापकले विद्यार्थीलाई प्रयोग गरी आ*क्रमण गराएको उहाँको आ*रोप छ । उहाँ जसपाबाट निर्वाचित हो ।आधारभूत विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद यादवमाथि पनि उहाँले आ*रोप लगाउनुभएको छ । विद्यार्थीलाई पेट्रोल दिएर आ*गो लगाउन उकासएको उहाँमाथि आ*रोप छ ।