२०७९ चैत्र ९ बिहीबार

फ*रार भनिएका सन्दिपले मध्यरातमा लेखे कडा स्टाटस, छिनभरमै छायो सामाजिक सञ्जालमा

फ*रार भनिएका सन्दिपले मध्यरातमा लेखे कडा स्टाटस, छिनभरमै छायो सामाजिक सञ्जालमा

काठमाडौं । फ*रार भनिएका चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेले मध्यरातमा कडा स्टाटस लेखेका छन् । उनले आफू नेपाल आउने तरखरमा रहेको बताएका छन् । उनको स्टाटस छिनभरमै भाइरल बनेको छ । उनको स्टाटसलाई छिनभरमै व्यापक सेयर गरिरएको छ ।

यस्तो छ उनको स्टाटस जस्ताको तस्तैः १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु।

म वि*रुद्द भदौ २१ गते परेको जाहे*री मैले भदौ २२ गते थाहा पाएँ। म वि*रुद्द परेको झुट्टा जा*हेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जा*हेरी मात्रको आधारमा मेरो चरित्रमा ग*म्भिर आँच आउने गरी समाचारहरु आए। मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरु*द्द परेको जा*हेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा वि*छिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।

यि सब कुराले मलाई एकातिर मा*नसिक अ*सर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खरा*बिको कारणले मैले मलाई क्ष्कयबितष्यल मा राखेर बसेको छु। झुट्टा जा*हेरी कै भरमा अप*राधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म वि*रुद्दको झुट्टा उ*जुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।

क्रिकेट प्रति सानै देखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दीलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भिर ष*डयन्त्रको सि*कार भएको महशुस भएको छ।

मेरो अनुपस्थितीमा मलाई अप*राधि सावित गराउने झु*ट्टा झु*ट्टा जा*हेरी प्रपञ्चहरुको मैले कानूनी लडाँ*इ ल*ड्ने छु। मैले बुझे सम्म नेपालको संविधानले क*सूर प्रमाणित नभए सम्म क*सूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, या*तना वि*रुद्दाको हक, गो*पनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु।

म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा म वि*रुद्द अ*फवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।🙏

 

२०७९ आश्विन १०, सोमबार प्रकाशित 1 Minute 199 Views

ताजा समाचार