
मनास्लु हिमप*हिरोमा एकको मृ*त्यु, १५ जनाभन्दा धेरै घा*इते
मनास्लु हिमालको क्याम्प ३ मा हिमप*हिरो, पर्यटकहरू हता*हाती भएको आ*शंका
गोरखा : गोरखाको मनास्लु हिमाल क्षेत्रमा हिमप*हिरो गएको छ। चुमनुव्री गाउँपालिका-१ का पूर्व वडाध्यक्ष वीरबहादुर लामाले घट*नाको पुष्टि गरेका छन्।
उनले हिमप*हिरोमा ७-८ जना परेको हुनसक्ने आशंका गरे। ‘हिमप*हिरो गएको पक्का हो। ७-८ जना बेपत्ता भएको अनुमान गरिएको छ। आधिकारिक पुष्टि हुन सकेको छैन,’ अन्नपूर्णसँग उनले भने।
उनका अनुसार उद्धा*रका लागि त्यसतर्फ हेलिकोप्टर पठाइए पनि मौसम प्रतिकूलताका कारण घ*टनास्थलमा जान सकिएको छैन।
उक्त घ*टना मनास्लु हिमालको क्याम्प ३ भएको हो। उक्त हिमालमा ४०४ जना आ*रोहणका लागि गएको बताइएको छ।
मनास्लु हिमप*हिरोमा एकको मृ*त्यु, १५ जनाभन्दा धेरै घा*इते
गोरखा : चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको हिमप*हिरोमा परी एकजनाको मृत्यू भएको छ भने १५ जनाभन्दा धेरै घा*इते भएका छन्।
सोमबार अपरान्ह १२ बजे झरेको हिमप*हिरो परी सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राईको मृ*त्यु भएको इमेजिन नेपाल एक्स्पिडिशन प्रालिका राजेन्द्र ठकुरीले जानकारी दिए।
चौथो शिविरमा अक्सिजन लगायतका आत्यावश्यकीय सामान पुर्याउन गएका इमेजिन नेपालका पाँच जनासहित १५ जनाभन्दा बढी घा*इते भएका उनले बताए। सो कम्पनीका दावा शेर्पा, फुरिता शेर्पा, निमा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्। उनीहरुमध्य जीतबहादुर र निर्मा दोर्जेको गम्भीर घा*इते छन्।
घा*इतेको उद्धारका लागि सिम्रिक र कैलाश एयरका दुईवटा हेलिकोप्टर तयारी अबस्थामा रहेका छन्, तर मौसम प्रतिकुलताका कारण उद्धार गर्न नसकिएको प्रहरी चौकी सामागाउँले जानकारी दिएको छ।
किलर माउण्टेन भनेर चिनिने ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यस सिजनमा पर्यटन विभागबाट चारसय भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। केहीले सफल आरोहण गरिसकेका छन् भने अधिकांश आरोहीहरु आरोहण गर्ने क्रममा छन्।
मनास्लु हिमालमा केहीदिनदेखि ठूलो हिमपहि*रो झर्न थालेको छ।