२०८० जेष्ठ १९ शुक्रबार

फेरी पनि देउवा प्रधानमन्त्री भए भने देश नेपाल नै रहदैन ;भीम रावल ( सहि वा गलत )

फेरी पनि देउवा प्रधानमन्त्री भए भने देश नेपाल नै रहदैन ;भीम रावल ( सहि वा गलत )

फेरी पनि देउवा प्रधानमन्त्री भए भने देश नेपाल नै रहदैन ;भीम रावल ( सहि वा गलत )

काठमाडौं ।

सांसद भीम रावलले संविधान विपरित, राष्ट्रिय हित विपरित शक्ति राष्ट्रहरुसँग सामरिकलगायतका सम्झौता गर्न नहुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले संविधान मिच्दै राष्ट्रिय हित विपरित धमाधम शक्ति राष्ट्रहरुसँग सामरिकलगायतका सम्झौता हुन लागेको भन्दै त्यसो नगर्न सरकारलाई आग्रह गरे ।

अहिले संविधान मिच्दै राष्ट्रिय हित विपरित धमाधम शक्ति राष्ट्रहरुसँग सामरिकलगायतका सम्झौता हुँदैछन, नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ’उनले भने।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाका कारण हिंसात्मक गतिविधि बढेको भन्दै नेपाल स्वाधिनता र स्वतन्त्रता नै खतरामा परेको बताए।

उनले भने,२०५२ सालमा पहिलोपटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वतिर धकेलियो । देशको हितमा आँच पुर्‍याउने महाकाली सन्धी भयो । अर्कोपटक प्रधानमन्त्री हुँदा प्रतिगमन भयो ।

अहिले संविधान मिच्दै राष्ट्रिय हित विपरीत धमाधम शक्ति राष्ट्रहरुसँग सामरिकलगायतका सम्झौता हुँदैछन् । नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ ।

उहाँ पाँच चोटीसम्म प्रधानमन्त्री हुँदा त यस्तो । सात चोटी प्रधानमन्त्री हुन्छु भन्नुहुन्छ, त्यसो भयो भने त नेपाल नै के हुन्छ भन्न आशंका गर्नुपर्ने भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को विषयगत छलफलमा प्रधानमन्त्री अनुपस्थितिले सदनप्रतिको उदासीनता देखिएको बताए ।

२०७९ आश्विन १२, बुधबार प्रकाशित 0 Minutes 71 Views