२०७९ माघ १६ सोमबार

घिसिङले प्रचण्डलाई ख्वाए लोप्पा, रवी लामिछानेसँग चुनाव नलड्ने घोषणा !

घिसिङले प्रचण्डलाई ख्वाए लोप्पा, रवी लामिछानेसँग चुनाव नलड्ने घोषणा !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर २ बाट कुलमान घिसिङलाई चुनाव उठाउने तयारी गरेका छन् ।नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहेका घिसिङ सो जिम्मेवारीबाट अलग भएर चुनावमा होमिन लागेको चर्चा छ । उनी सुरुदेखि नै प्रचण्डसँग निकट मानिन्छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौंमा माओवादीले चमत्कार गर्ने दाहालको अभिव्यक्ति थियो । काठमाडौंमा माओवादीको जनाधार कमजोर देखिएको बेला दाहालले लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई पार्टीको उम्मेदवार बनाएर नयाँ इतिहास कोर्न चाहेका छन् ।

कुलमान उठ्ने काठमाडौं २ मा स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि उठ्ने चर्चा छ । कुलमान उठ्ने भएपछि रवि अहिले तनावमा रहेको बुझिएको छ । गठबन्धनले कमजोर उम्मेदवार उठाउने र एमालेको पनि हेभीवेट उम्मेदवार नउठ्ने सुईंको पाएपछि रविले सो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । तर, अब कुलमानले सो क्षेत्रबाट उठ्ने तयारी गरेपछि रविलाई ठूलो तनाव भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौंबाट चुनाव उठ्न दबाब दिएका छन् ।आफ्नो पार्टीको पहलमा दुई पटक प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङलाई चुनाव लडाएर काठमाडौंमा कम्तिमा एक सिट भए पनि जित्ने लक्ष्य माओवादी केन्द्रको रहेको छ ।

तर माओवादी केन्द्रबाट चुनाव लड्ने समाचार बाहिर आएसँगै आम जनताले भने घिसिङलाई चुनाव नलड्न सल्लाह दिएका छन् । जनमत आफू चुनाव नलडोस भन्ने पक्षमा भएपछि घिसिङ केही हच्किएको उनीनिकट स्रोतले बतायो ।

यसअघि प्रचण्डले कुरा गर्दा घिसिङले चुनाव लड्ने कुरामा सकारात्मक जवाफ दिए पनि पछिल्लो समय भने उनी चुनाव लड्ने मनस्थितिमा देखिन्न । तर प्रचण्ड भने घिसिङलाई चुनाव लडाएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा देखिएको जनलहरलाई चुनौति दिने योजनामा छन् । घिसिङलाई चुनाव लडाउन सकिए काठमाडौंमा सजिलै एक सिट माओवादीको पक्षमा आउने उनको विश्वास देखिन्छ ।

प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ वा ३ बाट घिसिङलाई चुनाव उठाउने सोच बनाएका छन् । तर लोडसेडिङ न्यूनीकरण गरेको भनेर छुट्टै पहिचान बनाएका घिसिङ ठूला राजनीतिक दलको दलदलमा फँस्न नहुने जनमत बढी देखिन्छ । सामाजिक सञ्जालमा अधिकांशको प्रतिक्रिया सकेसम्म घिसिङ चुनाव नलडुन भन्ने रहेको छ ।

यो खालको जनमतका कारण कतै चुनावमा पराजित भइन्छ कि भन्ने चिसो समेत घिसिङमा पर्न थालेकाले उनी चुनावदेखि हच्किएका हुन् । चुनाव हार्दा प्राधिकरणको जागिर पनि जाने र आफूले अहिलेसम्म बनाएको इमेज पनि खस्किने भएपछि उनी केही सतर्क बनेका हुन् ।

यसअघि काठमाडौं ३ बाट उनलाई प्रचण्डले उठाउन योजना बनाए पनि काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उठ्ने भएपछि लामिछानेलाई उनलाई विजयी हुन नदिन घिसिङलाई सो क्षेत्रमा प्रस्तुत गर्न लागिएको हुनसक्ने अडकल गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका पीडा र अप्ठेरा पनि अचम्मका छन् । प्राधिकरणका ठूला प्रशारण लाइन अड्याउन ठड्याइएका टावरमा अरिङ्गालले गोलो लगाएपछि काम ठप्प भएको छ । अरिङ्गालका कारण कामदार सो क्षेत्रमा जान नसक्दा प्राधिकरणले गोलो पोल्ने मान्छे खोजेको हो ।

प्राधिकरणको काठमाडौं ग्रीडका इञ्जिनियरले सामाजिक सञ्जालमार्फत् अरिङ्गालको गोलो पोल्ने मान्छे खोजेका छन् । इञ्जिनियर विनोद लोहनीले मातातीर्थस्थित प्रशारण टावरमा अरिङ्गालको गोलोका कारण जम्पर जोड्न नसकिएकाले गोलो पोल्न सक्ने मान्छे चाहिएको भन्दै सामाजिक सञ्जालमा खबर गर्न आग्रह गरेका छन् ।

उनले त्यस्तो गोलो पोल्न सक्ने मान्छेबारे कसैलाई थाहा भएमा आफूलाई सम्पर्क गर्न अनुरोध गर्दै टेलिफोन नम्बर उपलब्ध गराएका हुन् ।

२०७९ आश्विन १२, बुधबार प्रकाशित 0 Minutes 71 Views

ताजा समाचार