२०७९ माघ २५ बुधबार

चुनाव लड्ने भए हिमेश पन्त , रवि लामिछानेले दिए उनलाई टिकट !

चुनाव लड्ने भए हिमेश पन्त , रवि लामिछानेले दिए उनलाई टिकट !

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन्। पहिलो कमेडी च्याम्पियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका हुन्।

उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सिफारिस गरेको हो। रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ ।

पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ । टीभी रियालिटी शो कमेडी च्याम्पियनका विजेता समेत रहेका पन्त अभिनित फिल्म वर एण्ड वधु प्रदर्शनको तयारीमा छ।

पन्तले गत महिना मात्रै स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेटेका थिए। सो भेटकै बेला दुई बीच आगामी प्रतिनिधिसभाको निर्वाचनको विषयमा छलफल भएको बताइन्छ।

२०७९ आश्विन १२, बुधबार प्रकाशित 0 Minutes 59 Views

ताजा समाचार