२०७९ माघ १६ सोमबार

४ दिनभित्र २ पटक मनास्लु हिमाल आरोहण

गोरखा । कीर्तिमानी आरोही सानु शेर्पाले चार दिनभित्र दुई पटक मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ । गएको बिहीवार मनास्लुको शिखरमा पुगेका शेर्पा चार दिनपछि  साेमवार पनि शिखरमा पुग्नुभएको हो ।

मङ्गलवार काठमाण्डौ पुग्नुभएका शेर्पाले चार दिनभित्रै दुई पटक मनास्लु हिमालको सफल आरोहण गरेको जानकारी दिनुभयो । गोरखामा रहेको मनास्लु हिमाल आठ हजार एक सय ६३ मिटर अग्लो छ । हिमपहिरोको उच्च जोखिम रहेको मनास्लु हिमाललाई ‘किलर माउन्टेन’ को रूपमा पनि चिनिन्छ ।

आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटै हिमालको दोहोर्‍याएर आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ ।

२०७९ आश्विन १३, बिहीबार प्रकाशित 1 Minute 43 Views

ताजा समाचार