२०८० जेष्ठ २३ मंगलवार

मनास्लुमा ज्यान गु*माएकी स्की पर्वतारोही हिलारीको श*व काठमाण्डौ लगियो

सोमवार मनास्लु हिमालमा ह*राएकी विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सनको श*व भेटिएको छ ।

मनास्लुमा स्की गर्ने क्रममा ह*राएकी ४९ वर्षकी अमेरिकी आरोही हिलारीको श*व आज भेटिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँको श*व काठमाण्डौ लगिएको  छ । हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराउनुभएको थियो ।

हिउँले ढाकेको अवस्थामा भेटिएको हिलारीको श*व आरोहणका लागि पुगेका गाइडहरूले उद्धार गरेका हुन् । सन् २००५ मा चोयु हिमालको चुचुरोबाट स्की गरेकी हिलारीको नाममा ल्होत्सेसहित आठ हजार मिटरभन्दा अग्ला दुईवटा हिमालबाट स्की गर्दै तल झरेर कीर्तिमानी रहेको छ ।

हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । उनीसँगै स्की गर्दै आएका उनका पार्टनर जिम मोरिसन यात्रामा साथै थिए । तर उनी सकुशल छन् ।

 

२०७९ आश्विन १३, बिहीबार प्रकाशित 1 Minute 55 Views