
बिहानभर रोकिएको काठमाण्डौ–धादिङ चल्ने बस सञ्चालनमा
काठमाण्डाै – चाडपर्वको मौकामा यात्रुसँग बाढी भाडा लिनेलाई प्रहरीले धमाधम कार*बाही गर्न थालेको छ । प्रहरीले अभियान नै चलाएर कार*बाहीलाई तीव्र पारिरहेको छ । बढी भाडा असुलेको भन्दै प्रहरीले का*रबाही गरेपछि केही यातायात व्यवसायीले भने वि*रोध गरेका छन् ।
प्रहरीले बढी भाडा असुल्नेलाई कार*बाही गरेको वि*रोधमा व्यवसायीले बिहान काठमाण्डौ–धादिङ चल्ने बस चलाएनन् । काठमाण्डौबाट धादिङ चल्ने बस बिहान झण्डै तीन घण्टा नचल्दा यात्रुले सास्ती भोगेका छन् । अहिले भने गाडी चल्न थालेको छ ।
प्रहरीले यात्रुमाथि ठगी गर्ने जोसुकैलाई पनि कार*बाही हुने जनाएको छ । नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ऐन नियम मान्दिनँ भन्नेलाई पनि का*रबाही हुने बताउनुभयो । चाडपर्वको मौका पारेर तोकिएको भन्दा बढी भाडा लिनेलाई कार*बाही भएको भन्दै सार्वजनिक गाडीमा अवरोध गर्न नपाइने उहाँको भनाइ छ ।
यदि कसैले त्यस्तो अराजक अवस्थाको सिर्जना गरे उनीहरुलाई पनि कार*बाही हुने उहाँले बताउनुभयो।