२०७९ माघ १६ सोमबार

लुम्बिनीमा तीन वर्षदेखि बेवारिसे बनेर थन्किएका विद्युतीय गाडी आजदेखि सञ्चालनमा आउने

तीन वर्ष देखि लुम्बिनीमा बेवारिसे रूपमा थन्किएका  विद्युतीय गाडी बिहीवार आजदेखि संचालनमा आउने भएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यलयमा लुम्बिनी विकास कोषका बिजुली बसहरू सञ्चालन गर्ने सम्बन्धमा सरोकारवालाबीच बसेको समन्वयात्मक बैठकले ६ वटा रुटहरू तय गर्दै बिहीबार  शुभारम्भ गर्ने समय निकालेको छ ।

प्रजिअ भरतमणि पाण्डेको संयोजनमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरू, यातायात व्यवस्था कार्यलय, पर्यटन कार्यलय, सिद्धार्थ नगरपालिका, होटल एशोसिएसन, ट्राभल्स एशोसिएसन समेत रहेको बैठकले दशैंको अवसरमा निशुल्क परिक्षण सञ्चालन गर्ने भएको हो ।

निर्णय गरिएका रुटहरूमा लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम १, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क २, लुम्बिनी देखि तिलौराकोट ७ साइट परिक्रमा ३, लुम्बिनी वरिपरि सटल बस ४, लुम्बिनी देखि एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह, ५ रुटहरू रहेका छन्

उक्त परिक्षण सञ्चालनका लागि होटल एशोसिएसन, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, कोषको तर्फबाट १, १ वटा बसका लागि चालकहरूको जिम्मेवारी लिएका छन । कम्तिमा १५ दिन सम्म नै यो सेवा सञ्चालन गरी परिक्षणकाल सकेर औपचारिक शुरु गर्ने कोषले जनाएको छ ।

यी सबै रुटहरूको व्यवस्थापनका लागि कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा ३ सदस्यीय परिक्षण इकाई पनि गठन गरेको छ ।

यस अघि कोषाध्यक्ष सिद्धिरण भट्टराईको संयोजकत्वमा गठित कार्यदलले विद्युतिय बस सञ्चालनका लागि कार्यविधि बनाएर कोषका अध्यक्ष लाई पेश गरिसकेको थियो तर नम्बर प्लेट, रुट इजाजत र विमा लगायतका प्रक्रियामा लाईन कार्यालयबाट ढिला हुँदा समयमा सञ्चालन गर्न सकिएको थिएन ।

यो अवस्थामा पर्यटन दिवसमा गृहमन्त्री माननीय बालकृष्ण खाणको निर्देशन भएपछि हरियो नम्बर प्लेटका लागि पर्यटन मन्त्रालयले सहमति दिई सकेको छ ।

२०७९ आश्विन १३, बिहीबार प्रकाशित 0 Minutes 68 Views

ताजा समाचार