२०७९ माघ २५ बुधबार

बुटवलका ५२ किसानलाई प्रोत्साहन अनुदान

बुटवल उपमहानगरपालिकाले ५२ जना किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो ।

बुटवल उपमहानगरका वडा नं. ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा ५२ जना किसानलाई अनुदान दिने निर्णय गरेको नगर प्रमुख पाण्डेयले जानकारी दिए ।

ती वडामा खेतीकिसानी गर्ने किसान, फर्म र संस्थाहरुले पेश गरेको माग अनुसार १० हजारदेखि १ लाख २० हजारसम्मको अनुदान दिने निर्णय गरेको उनले बताए ।
निर्णयअनुसार एक महिनाभित्रमा किसान, फर्म र संस्थालाई सम्झौताका लागि आह्वान गर्ने र कार्यक्रम सम्पन्न भएपछि वडाको सिफारिसका आधारमा अनुदान रकम उपलब्ध गराइने कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए ।

२०७९ आश्विन १३, बिहीबार प्रकाशित 0 Minutes 47 Views

ताजा समाचार