
कर्णालीमा चाडपर्वका बेला सवारी दु*र्घटना बढ्यो

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दु*र्घटना बढेको देखिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दु*र्घटना बढेको हो । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता कारणले दसैँ तिहारमा दु*र्घटना हरेक बर्ष बढेको देखिएको कर्णाली प्रदेश प्र*हरी कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ ।
कर्णाली प्रदेश प्र*हरी कार्यालयका अनुसार कर्णालीमा चाडपर्वका समयमा दुर्घ*टनाबाट ठूलो धनजनको क्ष*ति हुने गरेको छ । मङ्गलबार बिहान मात्रै सल्यानको कपुरकोटमा रा१ज ५६३ नम्बरको जीप दुर्घ*टनाबाट आठ जनाको नि*धन भएको छ ।
प्रदेश प्र*हरी कार्यालयले दिएको तथ्याङ्कलाई केलाउँदा गत वर्षको दसैँ तिहारमा मात्रै २१ वटा सवारी दुर्घट*ना भएका छन् । दुर्घ*टनामा परी गत वर्ष दसैँका समयमा ३७ जनाको मृ*त्यु भएको थियो भने ४० जना घा*इते भएका थिए ।
दसैँमा ठूलो मानवीय क्ष*ति हुनेगरी मुगुमा बस दु*र्घटनामा ३२ जनाको मृ*त्यु भएको थियो भने ११ जना घा*इते भएका थिए । यस्तै सुर्खेतमा नौ वटा सवारी दुर्घ*टनामा तीन जनाको मृ*त्यु र २२ जना घा*इते हुँदा दैलेखमा चार सवारी दुर्घ*टनामा सात जना घा*इते भएका थिए ।
त्यसैगरी सल्यानमा दुई सवारी दुर्घ*टनामा १६ जना घा*इते भएका थिए भने जाजरकोट, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा एक/एक सवारी दुर्घ*टना हुँदा, दुई जनाको मृ*त्यु भएको तथ्याङ्क रहेको प्रदेश प्र*हरी कार्यालय सुर्खेतका वरिष्ठ प्र*हरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।
चाडपर्वका बेलामा चालकले मादक पदार्थ सेवन (मापसे) को प्रयोग गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्नेलगायतका कारण दुर्घ*टना बढेको श्रेष्ठले बताए । दुर्घ*टना न्यूनीकरणका लागि प्र*हरीले आफ्नोतर्फबाट भरमग्दुर प्रयास गर्दै आएको भन्दै उनले प्र*हरीले मात्रै प्रयास गरेर नहुने बताए ।
उनले भने, “प्र*हरीले आफ्नोतर्फबाट दुर्घ*टना न्यूनीकरण गर्न धेरै प्रयास गरेको छ, तर हाम्रो प्रयासले मात्रै केही हुँदैन । यसमा सबै पक्षको उत्तिकै भूमिका हुन्छ, अनि मात्रै दुर्घ*टना न्यूनीकरण गर्न सकिन्छ ।”