२०७९ चैत्र ९ बिहीबार

गुल्मीमा म्यादी प्र*हरीको छनौट प्रक्रिया सुरु

गुल्मीमा म्यादी प्र*हरीको छनौट प्रक्रिया सुरु

गुल्मी– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि गुल्मीमा म्यादी प्र*हरीको छनौट प्रक्रिया चलिरहेको छ।

भर्ना प्रक्रियाअनुसार स्वास्थ्य परीक्षण र शारीरिक परीक्षणबाट छनोट भएका १ हजार ३० जना प्रतिस्पर्धी बिहीबार दिउँसो  सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक बिद्यालयमा लिखीत परीक्षामा सहभागी भएका छन्।

जिल्लामा १ हजार ८२३ जनाले आवेदन दिएकामध्ये सम्पूर्ण प्रक्रिया पूरा गरी १ हजार  ३० जना परीक्षामा सहभागी भएको जिल्ला प्रह*री कार्यालय गुल्मीका  प्रह*री नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए।

लिखित परीक्षाको नतिजा बिहीबार नै सार्वजनिक गरी शुक्रबार अन्तर्वार्ता गरी दशैं पश्चात अन्तिम नतिजा सार्वजनिक गरिने खरेलले जानकारी दिए।

स्थानीय तहको निर्वाचनमा खटिएका झण्डै ६ सय म्यादी प्रह*रीहरुले पनि आवेदन दिएकाले उनीहरुको अन्तर्वार्ता मात्र लिइने खरेलले बताए।

म्यादी प्रह*रीमा आवेदन दिनेहरुमा १८ वर्ष उमेरदेखि ५४ वर्षसम्मका सहभागी भएको जिल्ला प्रह*री कार्यालय गुल्मीले जानकारी दिएको छ।

 

२०७९ आश्विन १३, बिहीबार प्रकाशित 1 Minute 110 Views

ताजा समाचार