

नवलपुरको जंगलमा भेटियो मानव कं*काल
पूर्वी नवलपरासीको देवचुली नगरपालिका- १० को जंगलमा मानव कं*काल भेटिएको छ। गाउँदेखि केही परको जंगलमा पुरुषको जस्तो देखिने मानव कं*काल फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार देवचुली नगरपालिका वडा नं. १० नजिकैको जंगलमा बिहीबार दिउँसो मानव कं*काल भेटिएको हो।
उक्त मानव कं*काल पुरुषको जस्तो देखिएको र थप अनुसन्धानका लागि शव मध्यबिन्दु जिल्ला अस्पताल ल्याइएको तिवारीले बताए।
२०७९ आश्विन १४, शुक्रबार प्रकाशित
1 Minute
47 Views