२०८० जेष्ठ २७ शनिबार

१३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्ने

१३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्ने

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने बताइएको छ ।

सन्दीपमाथि एक किशोरीले ब*लात्कारको आरोपमा प्रहरीमा जा*हेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लाग्न सकेको छैन ।

क्रिकेटर लामिछानेवि*रुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो अब देशमा सन्दीप भए नभएको खोजी गर्नेछन्।

आफ्नो देशमा रहेको पत्ता लागेमा पक्राउ गरि नेपाल पठाउने प्रक्रिया सुरु हुने छ।

नेपालमा पक्राउ पुर्जी जारी हुँदा विदेशमा रहेका सन्दीप अहिलेसम्म नेपाल नफर्केपछि उनी भागेको हो कि भन्ने आशंका उब्जिएको थियो।

नाबालिगमाथि ब*लात्कार गरेको आरोपसँगै उनी राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेको अवस्थामा उनले आइतबार मात्र फेसबुकमा आफू निर्दोष भएको र चाँडै नेपाल आउने बताएका थिए।

 

२०७९ आश्विन १४, शुक्रबार प्रकाशित 1 Minute 66 Views