
बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका थिए । शुक्रबार विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनको श*व फेला परेको हो ।
जिल्ला प्र*हरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले घ*टना शं*कास्पद भएकाले तालिम प्राप्त कुकुरसहितको प्र*हरी टोली परिचालन गरेर अनुसन्धान अघि बढाएको बताए । ‘मृ*तकको पेटमा गहिरो चो*ट छ,’ उनले भने, ‘घ*टना शं*कास्पद छ, तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेका छौं ।’
यादव लरीकट्टा पुगेको वा नपुगेको खुलेको छैन । डीएसपी श्रेष्ठका अनुसार बिहीबार उनी प्रदेश १–०२–०४४ प.३२६१ नम्बरको मोटरसाइकलमा घरबाट निस्किएका थिए । शुक्रबार बिहान घरबाट पूर्वतर्फको भित्री सडक खण्डमा राखिएको अवस्थामा मोटरसाइकल भेटिएको थियो ।
मोटरसाइकल भएको स्थानबाट करिब १० मिटर दक्षिण सडकमा उनको श*व फेला परेको थियो । धारिलो हतियार प्र*हारबाट पेटमा गम्भीर चो*ट लागेका उनको शरीरका अन्य भागमा पनि चो*ट पटक देखिन्छ । घ*टना शं*कास्पद देखिएकाले सूक्ष्म रुपमा अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले बताए । मृ*तकको श*व पोष्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ ।