१४ असोज, काठमाडौं । वीरगञ्जमा प*क्राउ परेका दुई जना लाल मोहम्मद ह*त्याका लागि ह*तियार व्यवस्थापन गर्नेहरु भएको खुलेको छ ।
हरिवन–२, सर्लाहीका मोहम्मदको ३ असोजको साँझ गोठाटारमा गो*ली हानेर ह*त्या भएको थियो । कुनै समय जाली भारतीय नोट कारोबारमा जोडिएका मोहम्मद ह*त्या अभियोगमा १० वर्ष कैद सजाय भोगेर छुटेका हुन् । पछिल्लो समय उनले गोठाटारमा एभेन्जर इन्टरप्राइज नामक गार्मेन्ट फ्याक्ट्री चलाएका थिए ।
उनको ह*त्यामा संलग्न भएको आरोपमा प्रह*रीले वीरगञ्जबाट २ पुरुष र एक महिलालाई प*क्राउ गरेको छ ।
प*क्राउ परेकामध्ये दुई पुरुष सु*टरलाई ह*तियार व्यवस्थापनमा संलग्न भएको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । उनीहरुलाई भारतीय नागरिकले हति*यार दिएका थिए । वीरगञ्जमा ह*तियार बुझेका उनीहरुले काठमाडौंमा सु*टरलाई बुझाएका थिए ।
फिल्मी शैलीमा मा*रिएका लाल मोहम्मद : जसको पृष्ठभूमि नक्कली नोट कारोबारसँग जोडिन्छ
अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरुले २ असोज अर्थात घ*टनाको अघिल्लो दिन नै सु*टरलाई ह*तियार बुझाएका थिए । त्यसबाट फर्किएका उनीहरु वीरगञ्जमा प*क्राउ परेका हुन् ।
प*क्राउ परेकी अर्की एक महिला भने रेकी गर्न प्रयोग भएको प्र*हरीको दाबी छ । उनी ला*गू औषधसम्बन्धी मु*द्दामा जे*ल समेत परेकी थिइन् ।