
है*जाको विश्वव्यापी वृद्धि चिन्ताजनक : विश्व स्वास्थ्य सङ्गठन

उनले भने, “हामीसँग धेरै प्र*कोपहरू मात्र छैनन्, तर प्र*कोपहरू आफैमा बिस्तारित र अधिक घातक पाइएका छन् ।” उनका अनुसार सन् २०२१ मा औसत मृ*त्युदर अघिल्लो पाँच वर्षको तुलनामा झण्डै तीन गुणाले बढेको छ । बारबोजाका अनुसार गरिबी र द्वन्द्वजस्ता है*जाका लागि जिम्मेवार मानिने परम्परागत प्रभावहरूसँगै जलवायु परिवर्तन पनि यस समस्याको एक हिस्सा हो ।
“बाढी, चक्रवात र खडेरी जस्ता जटिल जलवायु समस्याहरूले स्वच्छ पानीको पहुँचलाई अझ कम गर्छ र है*जाको लागि एक आदर्श वातावरण सिर्जना गर्दछ,” उनले भने । “जलवायु परिवर्तनको प्रभाव तीव्र हुँदै जाँदा, हामीले है*जा रोकथामका लागि अहिले नै कदम नचालेमा स्थिति अझ खराब हुनसक्छ ।” प्रभावित देशहरूले तथ्याङ्क प्रस्तुत नगर्ने गरेका कारण डब्लूएचओसँग है*जाका कारण हुने मृ*त्युको सङ्ख्याको एकिन आँकडा छैन ।