२०८० जेष्ठ १९ शुक्रबार

जब बालेन शाहको पुत्ला ज*ल्यो…

जब बालेन शाहको पुत्ला ज*ल्यो…

काठमाडौँ । काठमाडौं महानगरपालिकाले बांगेमुढामा रहेको सामुदायिक भवन भत्काएपछि मेयर बालेन शाहको पुत्ला दहन गरेको छ।शुक्रबार काठमाडौं–२५ मा रहेको उक्त भवन भत्काएपछि शनिबार आन्दोलित स्थानीयले मेयर शाहको पुत्ला दहन गरेका हुन्।महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका हुन्। मंका खल, आदिवासी जनजाती स‌ंघ लगायत नेवाः समुदायसँग आबद्ध स‌ंघ संस्थाहरूले प्रदर्शन गरेका हुन‍्। प्रदर्शनकारीले विरोध जारी नै रहने जनाएका छन्। उनीहरूले शनिबार बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहिति लगायत घुमेर मसाल जुलुस समेत निकालेका छन् ।शनिबार नै नेवाः देय् दबूले विज्ञप्ति जारी गर्दै यस घ*टना निन्दनीय भएको बताएको छ।

‘सहमतिका लागि तयार हुँदाहुँदै र सो सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा सो भवन भत्काउने कार्य निन्दनीय ठहर्छ,’ दबूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दसैं विदाको एकदिन अगाडि २४ घण्टे अल्टिमेटम दिएर भवन भत्काउन डोजरसहित आएर श्वेत आतंक मचाउनु भर्त्सना योग्य छ।’

दबूले अहिले वार्ता गरी सहमति गर्नु नै आवश्यकता भएको जनाएको छ।

दसैंका बेला काठमाडौंमा ज*ल्यो बालेनको पुत्ला

काठमाडौं- बांगेमुढाको सामुदायिक भवन भत्काएपछि स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को पुत्ला दहन गरेका छन्।

शुक्रबार काठमाडौं-२५ मा रहेको उक्त भवन भत्काएपछि आन्दोलित स्थानीयले शनिबार साँझ मेयर शाहको पुत्ला दहन गरेका हुन्। मंका खल, आदिवासी जनजाती संघ लगायत नेवा: समुदायसँग आबद्ध संघ संस्थाहरूले प्रदर्शन गरेका थिए।

डोजर आतंक बन्द गर,  नेवा विरोधी होसियार, नेवा एकता जिन्दावाद जस्ता नारा लगाउँदै स्थानीय वासिन्दाले बालेनविरुद्ध नाराबाजी गरेका हुन्। यस्तै स्थानीयले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका थिए।

महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका थिए। शनिबार नै नेवा: देय् दबूले विज्ञप्ति जारी गर्दै यस घ*टना निन्दनीय भएको बताएको छ।

‘दसैं विदाको एकदिन अगाडि २४ घण्टे अल्टिमेटम दिएर भवन भत्काउन डोजरसहित आएर श्वेत आतंक मचाउनु भर्त्सना योग्य छ।’ दबूले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनीहरूले रिस्टोर त्वा:छें भनेर अभियान समेत सञ्चालन गरेका छन‍्।

२०७९ आश्विन १६, आईतवार प्रकाशित 1 Minute 50 Views