२०८० जेष्ठ १९ शुक्रबार

यसरी मनाए कलाकारले दसैं

यसरी मनाए कलाकारले दसैं

विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादसैंको टीका ग्रहण गरेका तस्वीरहरू कलाकारहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टिका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टिका लगाइदिएकी छन् । यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मिरा आचार्यको तस्वीर राखेर पत्नी, छोरा र बुहारीलाई टिका लगाइदिएका छन् ।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टिका र जमरा थापेपश्चात् आशिर्वाद लिएका छन् । ‘छड्के २’ को छायाङ्कनमा व्यस्त अनमोल लगत्तै ‘जेरी’मा व्यस्त रहनेछन् ।

अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टिका ग्रहण गरिन् । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टिका ग्रहण गरेका छन् ।

यस्तै आमाबाट टिका र जमरा ग्रहण गरेपछि सामुहिक तस्वीर खिचाउँदै हाँस्यकलाकार शिवशङ्कर रिजालले दसैंको शुभकामना दिए  ।

२०७९ आश्विन १९, बुधबार प्रकाशित 0 Minutes 77 Views