२०७९ माघ २५ बुधबार

सन्दीप लामिछानेलाई हथगडी लगाइएपछि सामाजिक सञ्जालमा आ*क्रोश

सन्दीप लामिछानेलाई हथगडी लगाइएपछि सामाजिक सञ्जालमा आ*क्रोश

काठमाडौं, २१ असोज । प्रहरीसामु प्रस्तुत हुने भन्दै सार्वजनिक जानकारी दिएर कतारबाट नेपाल फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई त्रिभुवन विमानस्थलमा हथगडी लगाएर नियन्त्रणमा लिइयो । उनले हथगडी छोप्न रुमालको प्रयोग गरे ।

धेरैको ध्यान सन्दीपभन्दा उनको हातमा गयो । यसको च*र्को आ*लोचना भएको छ । सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको व्यक्तिलाई हथगडी किन लगाएको ? भनी प्रश्नहरु ओइररिएका छन् । सन्दीपमाथि १७ वर्षीया नाबालिकमाथि ब*लात्कारको आ*रोप छ ।

सन्दीपले बिहिबार विहानै कतारबाट नेपाल आउने विमान चढ्नु अघि आफू सरकारको आधिकारिक निकायमा प्रस्तुत हुने उल्लेख गरेका थिए । फेसबुकमा लेख्दै उनले प्रहरीलाई लिखित रुपमा जानकारी गराइसकेको र प्रहरीमा पुग्ने बताएका थिए । लामिछानेले आफूमाथि लागेको ब*लात्कारको आ*रोपबारे छानविनका लागि अनुसन्धान र कानूनी प्रक्रियामा सहयोग गर्ने उल्लेख गरेका थिए ।-Photo Source: Routine of Nepal Banda

२०७९ आश्विन २१, शुक्रबार प्रकाशित 1 Minute 98 Views

ताजा समाचार