२०७९ चैत्र ७ मंगलवार

टिकटकमा भाईरल हुन खोज्दा यी युवतीको भयो यस्तो हालत (भिडियो सहित)

टिकटकमा भाईरल हुन खोज्दा यी युवतीको भयो यस्तो हालत (भिडियो सहित)

टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो ।

कतै घुम्न जादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरु पनि टिक–टक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् ।

नेपालमा टिकटकको ट्रेण्ड पहिला फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटक लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्वभर झन्डै १० करोड भन्दा बढीले प्रयोग गर्ने गरेका छन् ।

टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । घर–घरमा कलाकार छन् भन्ने कुरा टिक–टकले प्रमाणित गरिदिएको छ ।टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला संचारगृहको साथको जरुरी छैन् भन्ने टिकटकले पुष्टि गरेको छ ।

त्यहि टिकटकमा भाईरल बन्न खोज्दा एक किशोरीको भिडियो बनाउँदै गर्दा झण्डै ज्यान नै गएको छ । भाईरल बन्ने लोभले घरको छानोमा चडेर डान्स गर्ने हुँदा उनले टेकेको ठाउँ भाच्चिएपछि उनी तल खसेकी हुन्। किशोरीलाई अस्प’ताल भर्ना गरिएको छ ।

सन्नी नाम गरेकी ति युवती भिडियो अहिले भाईरल भईरहेको छ । उनले भिडियो बनाउँदा लडेपछि आफूले नराम्रो काम गरेको बताएकी छिन् ।उनले आफूले भाईरल बन्नका लागि गरेको यो कामले झन्डै ज्यान गएको र आफ्नो आमाले पनि गाली गरेको सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

२०७९ आश्विन २२, शनिबार प्रकाशित 0 Minutes 65 Views

ताजा समाचार