काठमाडौं । नेपाली चलचित्र संसारका महानायक भनेर चिनिने राजेश हमाल बेला–बेला विवादमा पर्ने गरेका छन् । महा-भू*क*म्प, को*रो*ना म*हामा*री जस्ता दैविक प्रकोप एवं म*हामा*रीमा समेत नागरिकलाई साथ सहयोग दिन नसकेको भन्दै आलोचित बनेका राजेश हमाल फेरी श्रीमतीलाई खुट्टा ढोगाएर आलोचित बनेका छन् ।
दशैंको टीका लगाएर श्रीमतीलाई खुट्टा ढोगाएको र उक्त तस्वीर सामाजिक सञ्जालबाट सार्वजनिक गरेकोमा हमालको चर्को आलोचना भइरहेको हो । उनले श्रीमती मधुलाई आफूले टीका लगाएका छन् । मधुबाट आफूले टीका नलगाई खाली निधार नै राखेका छन् । त्यसपछि श्रीमतीलाई खुट्टा ढोगाएका छन् । उक्त तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।
त्यसपछि मानिसहरुले अनुहारमा मात्र महानायक भएको तर सोचमा महानायक रहेनछन् भन्दै टिप्पणी गरेका छन् । युग महिला पुरुष समानताको दिशामा अघि बढिरहेका बेला महानायक भनिएकाले समेत श्रीमतीलाई दास जस्तै रुपमा प्रस्तुत गरेको अधिकांशको भनाई छ ।
खै राजेश हमालले श्रीमतीबाट टीका लगाएको ? खै राजेश हमालले श्रीमतीका खुट्टा ढोगेको ? आफूले गरेर तस्वीर किन नराखेको ? के महिला पुरुषका दासी नै हुन् ? अधिकांशले प्रश्न गरिरहेका छन् ।
पत्रकार लोग्शरी कुँवर आफ्नो सामाजिक सञ्जालमा लेख्नुहुन्छ,
उहाँ चाहिँ हाम्रो ‘महानायक’ रे है । रूप मात्रै महा राम्रो भएर त के गर्नु र खै, सोच खिया लागेको भएपछि । श्रीमान् श्रीमतीको त सह अस्तित्व पो हुन्छ र हैन र ? त्यसो भा श्रीमतीलाई चरणको दासी सम्झिने यस्ता सुक्ष्म सोचलाई फेरि पनि कोही महानायक भन्न रुचाउनु हुन्छ कि ?
र सामाजिक सन्जालमै श्रीमतीलाई दासीको संज्ञा दिँदै फोटो पोस्टिने महानुभावहरू को को हुनुहुन्छ, उहाँहरूको फोटो छ भने कमेन्ट वा इनबक्समा दिनुस् न प्लिज ।
नोट: कोही सामान्य चेत भएका मान्छेहरूको फोटोसङ्ग खासै चासो छैन है । फोटो र नाम मेन्सन गर्दा माथिका ‘महानायक’ जस्ता अन्य सेलिब्रेटी, नेता, समाजसेवी, पत्रकार, प्रहरी वा अरू सार्वजनिक पद धारण गरेका वा समाजका नमूना भनिएका/मानिएकाहरू भए पुग्छ ।
कामको कुरा गर्दा राजेश हमालको केहि समय अघिनै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टरसँगै रिलिज मिति सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर चलचित्र ‘म राजेश हमाल’को रिलिज डेट सार्वजनिक गरेका हुन् । चलचित्र आगामी चैत्र १० गते बाट देशभर प्रदर्शनमा आउने छ ।
चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्रमा अभिनय यात्रा शुरु गरेका राजेशले हालसम्म धेरै चलचित्रमा अभिनय गरिसकेका छन् । पछिल्लो समय म्युजिक भिडियोमा समेत व्यस्त देखिन्छन् । उनले आफू भन्दा उमेरमा धेरै कान्छी युवती मधुसँग विहे गरेका छन् ।