नेपाली क्रिकेट टिमका निलम्बित कप्तान अहिले प्रहरी वृत्त गौशालाको हिरा’सतमा छन् । एक किशोरीले जबर’जस्ती’कर’णीको जा’हेरी दिएपछि उनी हिरा’सतमा पुग्नुपर्ने अवस्थामा आएका हुन् । सन्दीपसँगै अहिले २६ जनाभन्दा बढी थु’नुवा प्रहरी वृत्त गौशालाको हिरा’सतमा छन् । तीमध्ये ५ जना अदालतबाट हिरा’सतमा राख्ने अनुमति नभएका थु’नुवा हुन् ।
तीनै पाँचमध्ये सन्दीप पनि एक हुन् । उनी बिहीबार मात्र कतार एयरवेजको ‘क्यूआर–६४८’ विमानमार्फत नेपाल फर्किएका थिए । विमानस्थलमा ओर्लनासाथ उनलाई डिआईजी श्यामलाल ज्ञवाली नेतृत्वको प्रहरी टोलीले उनलाई हत’कडी लगाएर प्रहरी वृत्त गौशाला लगेको थियो ।
सरकारवादी फौजदारी मुद्दा दर्ता भएको हुनाले अनुसन्धान अघि बढाउन प्रक्रियामा लानुपर्ने बताउँछन्, प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राई । उनी भन्छन्, ‘प’क्राउ गरेर अनुसन्धान अघि बढाउनुको विकल्प थिएन ।’ पक्रा’उ गरेर वीर अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको छ । अहिले उनलाई प्रहरी वृत्त गौशालामा अन्य थुनु’वासँगै राखिएको प्रतिष्ठित अनलाइन रातोपाटी डटकमले समाचार लेखेको छ ।
सन्दीपसँग एक पोको गाँ’जासहित पक्रा’उ परेका काठमाडौंका विमल देउलादेखि पैसा लु’टेको आ’रोपमा प’क्राउ गरिएका सर्लाहीका सञ्जय थापासहितका थुनुवासँगै छन् । सन्दीपलाई भेट्न उनका आफन्त र नातेदार प्रहरी वृत्त गौशालामा पुगिरहेका छन् । उनलाई शुक्रबार नातेदारसहित एकजना सह–न्यायाधीवक्ता र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले भेट गरेका छन् ।
सन्दीपको अहिलेसम्मको हिरा’सत बसाइ आफन्तसँगको भेटघाटमा बितेको छ । भेटमा उनले आफू निर्दोष रहेको बताउने गरेका छन् । शुक्रबार क्यान अध्यक्ष चन्दसँग पनि सन्दीपले आफू निर्दोष रहेको बताएका थिए । उनले आफूलाई षड्यन्त्रपूर्वक फसाइएको समेत बताउने गरेका छन् । सुरुमा जाहे’री गौशाला वृत्तमा परेकाले त्यहीँबाट प्रहरीले सन्दीपमाथिको कारबाही पक्रिया सुरु गरेको छ ।