२०७९ माघ २५ बुधबार

आमा-बुबासँगको भेटमा निकै भावुक भए सन्दीप, कस्तो छ प्रहरीको व्यवहार?

आमा-बुबासँगको भेटमा निकै भावुक भए सन्दीप, कस्तो छ प्रहरीको व्यवहार?

नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने अहिले प्रहरी हिरा’सतमा छन् । २१ भदौमा एक किशोरीले बला’त्कारको जाहेरी दिएपछि उनी हिरा’सतको बसाइसम्म पुगेका हुन् । बिहीबार स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरलगत्तै नियन्त्रणमा लिएको थियो ।

अहिले गौशाला प्रहरीको हिरा’सतमा रहेका उनलाई सामान्य कैदीबन्दी सरह राखिएको छ । हिरासत पुगेपछि दिनहुँ सन्दीपको हालखबर बुझ्नका लागि आफन्त गौशाला प्रहरी पुग्ने गरेका छन् । उनले सबैसँग आफू निर्दोष रहेको बताउने गरेका छन् । यसैबीच, शनिबार सन्दीपलाई उनका आमाबुबाले भेट गरेका छन् ।

बिहीबार वर्षाका कारण आउन नपाएका सन्दीपका आमाबुबाले आज भेट गरेका हुन् । बुबा चन्द्रनारायण र आमा कोपिलादेवी चितवनमा बस्दै आएका छन् । उनीहरूले आज सन्दीपसँग भेट गरेको खबर नेपालप्रेस डटकमले लेखेको छ ।‘ सन्दीपलाई आज उनका वयोवृद्ध आमाबुबा हिरासतमा भेटे । बुबा चन्द्रनारायण र आमा कोपिलादेवीले आज दिउँसो गौशाला प्रहरी वृत्तमा पुगेर छोरालाई भेटेका हुन् । आफैँ अस्वस्थ अवस्थामा रहेका आमाबुवा सन्दीपलाई भेट्न आजै चितवनबाट काठमाडौं आएका थिए,’ सो अनलाइनले लेखेको छ ।

नेपाल प्रेसका अनुसार उनीहरूले प्रहरीको रोहबरमा सन्दीपसँग केही बेर कुराकानी गरेका थिए । कुराकानीका क्रममा आमाबुबा साथै सन्दीप भावुक भएका थिए । उनले हिरासतभित्र सबै कैदीका लागि पाक्ने खाना नै खाइरहेका छन् । हिजो उनलाई परिवारजनले अलिकति ड्राइफ्रुट्सका साथै टावेल, ट्राउजर लगायतका लुगाफाटा पुर्‍याइदिएका थिए ।

प्रहरीले अहिलेसम्म सन्दीपलाई सहयोगी व्यवहार नै गरिरहेका छन् । सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘रुम अलिकति निसास्सिँदो भए पनि भित्रको माहोल ठिकै छ । प्रहरीले अहिलेसम्म सहयोगी व्यवहार गरिरहेका छन् ।’

२०७९ आश्विन २३, आईतवार प्रकाशित 1 Minute 61 Views

ताजा समाचार