कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन्।घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन्। यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ। जानौं माउसुलीसँग जोडिएका शुभ तथा अशुभ कुरा :
नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मरेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस राेगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ।
माउसुलीले कामक्रीडा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ। दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ।दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन्।
शरीरको कुन अंगमा खस्दा के फल ?
टाउको: सम्पत्ति पाइने सम्भावनाकपाल: मृत्युको बेला भएको संकेत दाहिनेकान: गरगहना प्राप्ति देब्रेकान: आयु वृद्धिनाक: भाग्योदयमुख: मीठो भोजनदाहिने गाला: उमेर बढ्नेदेब्रे गाला: पुरानो साथीभेट गर्दन: यशप्राप्तिदाह्री: डरलाग्दो घटनाजुँगा: सम्मान प्राप्तिआँखीभौं: धनहानि दाहिनेआँखा: कुनै मित्रसँग भेटदेब्रे आँखा: छिट्टै धनहानिघाँटी: शत्रुनाशदाहिने काँध: विजय प्राप्तिदेब्रे काँध: नयाँ शत्रु बन्नेदाहिने हात: धनलाभदेब्रे हात: सम्पत्ति नाशदाहिने हत्केला: कपडा पाइन्छ
देब्रे हत्केला: धन नाशदाहिने छाती: धेरै खुशीदेब्रे छाती: घरमा क्लेशकमरको बीचमा: आर्थिक लाभपिठ्युँको दाहिने भाग: सुखपिठ्युँको देब्रे भाग: रोगपिठ्युँको बीच भाग: घरमा कलहनाभि: मनोकामना पूर्णदाहिने जाँघ: सुखदेब्रे जाँघ: शारीरिक पीडादाहिने घुँडो: यात्रादेब्रे घुँडो: बुद्धिनाशदाहिने गोडो: ऐश्वर्य प्राप्तिदेब्रे गोडो: बिरामीदाहिने पाइतालो: श्रीप्राप्तिदेब्रे पाइतालो: व्यापार हानि