२०७९ मंसिर २१ बुधबार

उम्मेदवारी दर्तापछि रवि लामिछानेकाे प्रतिक्रिया : ‘छिट्टै चितवनमै घर बनाएर बस्छु’

उम्मेदवारी दर्तापछि रवि लामिछानेकाे प्रतिक्रिया : ‘छिट्टै चितवनमै घर बनाएर बस्छु’

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले चितवनमै घर बनाएर स्थायी बासिन्दा हुने बताउनुभएको छ । आज आइतवार प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभापति लामिछानेले आफू जीवनभर चितवनकै मान्छे हुने र चितवनमै घर बनाउने बताउनुभयो । चितवनवासीले आफूलाई विगतमा लगाएको गुन तिर्ने उहाँले प्रतिक्रिया दिनुभयो ।

यसैबीच लामिछानेले चितवनमा पहिले आँसु बोकेर आएको र अहिले सपना बोकेर आएको सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘एउटा समय यस्तो थियो जब मलाई झुक्याएर रातारात भरतपुर चितवन पु¥याइयो र आधा रातमा हिरासतमा कोचियो । म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएँ ।

अर्को समय आज जहाँ म आफ्नै इच्छा र चाहनाले आँखाभरि सपना र समाज परिवर्तनको योजना बोकेर चितवन आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु, जीवनभर चितवनको मान्छे बनेर । मङ्सिर ४ का लागि चितवन २ मेरो निर्वाचन क्षेत्र र चुनाव चिह्न घण्टी ।’

चितवन २ मा नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

२०७९ आश्विन २३, आईतवार प्रकाशित 0 Minutes 39 Views

ताजा समाचार