२०७९ चैत्र १८ शनिबार

हाँडीगाउँको जात्रा अवलोकन गर्न पुगेका प्रदीपको बालेनसँग जम्काभेट

हाँडीगाउँको जात्रा अवलोकन गर्न पुगेका प्रदीपको बालेनसँग जम्काभेटsharethis sharing button

हाँडीगाउँको जात्रा अवलोकन गर्न पुगेका प्रदीपको बालेनसँग जम्काभेट

काठमाडौं : हाँडीगाउँको जात्रा अवलोकनको लागि नेपाली कांग्रेसका नेता प्रदीप पौडेल हाँडीगाउँ पुगेका छन्। पौडेलले जात्रा अवलोकनका साथै स्थानीयहरुसँग भेट पनि गरेका थिए।

पौडेल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार हुन्छ।

जात्रा अवलोकनका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि पुगेका थिए। सो क्रममा पौडेल र बालेनबिच भेट भएको थियो।

लिच्छवि कालदेखि चलिआएको मानिएको यो जात्रालाई चोकटे नारायण जात्रा पनि भनिन्छ। जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइन्छ।

नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा तीन वटा रथ वा खट हुन्छ।

२०७९ आश्विन २४, सोमबार प्रकाशित 0 Minutes 56 Views