२०७९ मंसिर २१ बुधबार

पौडेलको विजयको लागि बालेन र सुनिताको शुभकामना

पौडेलको विजयको लागि बालेन र सुनिताको शुभकामना

काठमाडौं, २४ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले चुनाव जित्नको लागि अग्रिम शुभकामना दिएका छन् ।

कांग्रेस नेता पौडेल यसपटक काठमाडौं–५ बाट चुनाव लड्ने भएका छन् । मेयर साह र उपमेयर डंगोलले पौडेलको काठमाडौंबाट चनाव लड्ने निर्णयको स्वागत गर्दै विजयीको लागि अग्रिम शुभकामना दिएका हुन् ।

सोमबार हाँडी गाउँको जात्राको क्रममा साह र डंगोलको भेट पौडलसँग भएको थियो ।  सोही क्रममा उनीहरुले शुभकामना दिएका हुन । पौडेलको तनहुँ–२ बाट चुनाव लड्ने चर्चा चलिरहँदा उनलाई अन्तिम समयमा काठमाडौं–५ को टिकट दिइएको थियो । पौडेल कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका थिए ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका पौडेल यसअघि तनहुँ–२ मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । संघीय संसदका लागि पौडेलको यो पहिलो प्रतिस्पर्धा हो ।

२०७९ आश्विन २४, सोमबार प्रकाशित 0 Minutes 1343 Views

ताजा समाचार