धरान / धरान -८ मा रहेको सभागृह भवनमा व्यवस्थापक पक्षमा कमी कमजोर देखेर मेयर हर्क साम्पाङ पानी बत्ती तथा अन्य सरसफाइका व्यवस्थापकीय पक्षमा आफै लागि परेका छन्। सभागृहमा क्षेत्र नं १ को निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
मेयर हर्क साम्पाङले आफै निजी रकमबाट सो कामहरू गराएका हुन्। उनी आफै लागि परेर सो काम गर्दै काम राम्रो भए नभएको अनुगमन समेत गरेका थिए। यसै सभागृहमा हाल नगर प्रहरीको व्यारेक पनि रहेको छ। तर, भवनमा बत्ती पानी र शौचालय लथालिङ्ग भएको पटक पटक जानकारी गराउँदा पनि मर्मत हुनु नसकेको नगर प्रहरी प्रमुख विष्णु कोइराला बताउॅछन।कोइरालाले भने मेयर सरले प्रत्यक्ष हेरेर चासो देखाउनु भयो ।सामान्य बत्ती,पानी,धारा र सरसफाइका काम हिजो नै भए। अब अन्य भवनको मर्मत हुने कुरामा हामी विश्वस्त छौ।
मेयर हर्कले कम कमजोर देखेर पानी बत्ती सरसफाइ व्यवस्थापकीय पक्षमा सम्बन्धित शाखा महाशाखा प्रमुखहरूलाई निर्देशन दिँदै तत्काल छिटो काम गर्नु समेत आदेश दिएका छन्। ‘मलाई यहाँ भवन छ भनेर थाहा त थियो तर, यस्तो सामान्य पानी बत्ती धारा नभएको चैँ थाहा थिएन। आज यसो हेर्दै आएको विभिन्न समस्या देखे। नगर प्रहरीको ब्यारेक छ ।निर्वाचन कार्यालय छ त्यसैले तत्काल देखिएका समस्याहरूलाई पुरा गरी सम्बन्धित शाखा महाशाखा प्रमुखहरूलाई खबर गरेको छु। उपमहानगर मातहतमा रहेको सभागृहलाई व्यवस्थापन गर्नु हाम्रो दायित्व हो। ‘ मेयर हर्कले भने।-PURBELINEWS