रिपोर्टका अनुसार उनी १५ वर्षका थिए । उनी केही समयदेखि ब्लड क्यान्सरसँग लडिरहेका थिए । राहुल ‘चेल्लो शो’ का ६ प्रख्यात बाल कलाकार मध्ये एक थिए । फिल्म रिलिज हुनुअघि नै उनको निधनले छेल्लो शोको सम्पूर्ण टिम मात्र होइन चलचित्र क्षेत्र पनि शोकमा डुबेको छ ।
राहुलका बुबा कालु कोलीले कुराकानीका दौरान “आफ्नो छोरालाई मृ*त्युअघि बारम्बार ज्वरो आउने र रगत बान्ता गरेको बताए । यससँगै उनले यो आफ्नो लागि निकै दुखद समय भए पनि छोराको फिल्म ‘चेल्लो शो’ अवश्य हेर्ने बताए ।
अक्टोबर १४ मा रिलिज हुन लागेको उनको फिल्म ‘लास्ट फिल्म शो’ सँगै हेर्नेछौं । त्यसपछि उनको अन्तिम शुद्धिकरण गर्नेछौं ।” यस कुराकानीमा कालुले राहुल आफ्नो जेठो छोरा भएको पनि बताए ।-KENDRABINDU