२०८० जेष्ठ २७ शनिबार

विष्णु पौडेलविरुद्ध उम्मेदवारी दिएका राजु गुरुङ र कमल भुसालको उम्मेदवारी खारेज

विष्णु पौडेलविरुद्ध उम्मेदवारी दिएका राजु गुरुङ र कमल भुसालको उम्मेदवारी खारेज

विष्णु पौडेलविरुद्ध उम्मेदवारी दिएका राजु गुरुङ र कमल भुसालको उम्मेदवारी खारेज

बुटवल : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ।

त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार डा कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जारी गरेको सूचनामा गुरूङ र अर्का स्वतन्त्र उम्मेदवार बस्यालको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले उनीहरुको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख छ।

गुरुङको उम्मेदवारी खारेजी भएसँगै रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारबिहीन बनेको छ। गुरुङ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार थिए।

हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेका थिए। चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रवृत्तिमा अध्ययनरत भुसाल चुनाव लड्न पाउँदैनन्।

सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका भुसाल र गुरुङविरुद्ध आयोगमा उजुरी परेको थियो। आयोगले प्रकाशन गरेको सूचनामा निर्वाचन निर्देशिका २०७९ को दफा १५ को (ङ) बमोजिम उम्मेदवार हुन योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज भएको उल्लेख गरिएको छ।-PAHILOPOST

२०७९ आश्विन २६, बुधबार प्रकाशित 1 Minute 94 Views