२०८० जेष्ठ २७ शनिबार

लण्डन पबमा गएर नाचे मेयर बालेनकाे जाेडी

लण्डन पबमा गएर नाचे मेयर बालेन

काठमाडौं महानगरपालिकाले भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो ।

लण्डन पब हटाउन महानगरका मेयर बालेन्द्र साह(बालेन) ८ भदौमा आफैं डोजर लिएर पुगेका थिए । डोजरले केही भाग भत्काएर तुरुन्तै हटाउन निर्देशन दिएपछि यो पब नै केही समय बन्द भएको थियो ।

तर लण्डन पबको सामाजिक सञ्जालमा बुधबार मेयर बालेन नाचेको भिडियो र फोटो पोष्ट भएपछि पबसँग बालेनको कुनै समझदारी भएको त होइन भन्ने प्रश्न उठेको छ ।

आफैंले हटाएको पबमा नाच्न बालेन कसरी पुगेत ? बालेनका प्रमुख स्वकीय सचिव भुपदेव साहका अनुसार महानगरले डोजर लगाएपछि लण्डन पब त्यहाँबाट सरेको छ ।

हाल लण्डन पब किंग्स लाउञ्जको छेउमा सञ्चालनमा आएको छ । नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन् ।

‘काठमाडौं महानगरपालिकाले कानुन अनुसार चलेको व्यवसायीहरुलाई सम्मान गर्छ भन्ने उदाहरण पनि हो । उहाँ व्यक्तिगत निमन्त्रणामा पब पुग्नुभएको हो । महानगरले पब बन्द गर्न भनेको होइन, बेसमेन्टमा नचलाउ भनेको हो । जुन पबले मानेको छ । उहाँ जाँदा सम्मानसहित जानुभएको हो’, साहले भने ।

पबको सामाजिक सञ्जालमा राखिएको फोटो र भिडियोमा मेयर बालेन उनकी श्रीमती सबिना काफ्लेसँग नाचेको देखिन्छ ।-ONLINEKHABAR

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चर्चित र्‍यापरमात्र होइनन्, एक रोमान्टिक कलाकार पनि हुन् ।बालेन र उनकी पत्नी सबिना काफ्ले हालै दरवारमार्गस्थित लण्डन पबमा पुगेर त्यहाँको माहौललाई रमाइलो बनाएका छन् ।मंगलबार साँझ लण्डन पबमा पत्नी र सहयोगीसहित पुगेका बालेनले महानगरको आग्रह बमोजिम पार्किङ व्यवस्थापन गरेकोमा धन्यवादसमेत दिएका छन् ।

सो साँझ बालेन पत्नी सबिनाले गीत गाएकी थिइन् भने बालेनले नाचेर साथ दिएका थिए । महानगरले ब्यापारिक भवनमा पार्किङ रहनुपर्ने ठाउँमा राखिएको लण्डन पब हटाएको थियो ।

सन्चालकले त्यसलाई साथ दिँदै पारिपट्टीको भवनमा लण्डन पब सारेपछि बालेनको जोडी नयाँ ठाएँमा पुगेका हो । उनले रेष्टुरेन्टमै पुगेर सञ्चालकलाई धन्यवाद दिएको तस्विर पबको फेसबुक पेजमा सार्वजनिक भएको छ ।-EXPRESSBREKINGNEWS

२०७९ आश्विन २७, बिहीबार प्रकाशित 1 Minute 58 Views