२०७९ चैत्र १८ शनिबार

बारामा एकै परिवारका तीन जनाको ह*त्या, घरमूलीमाथि नै शं*का

बारामा एकै परिवारका तीन जनाको ह*त्या, घरमूलीमाथि नै शं*का

मंगलबार बिहान २ बजेतिर वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा एक जना मानिस बेहोस अवस्थामा रहेको खबर प्रहरीले पायो । प्रहरीले उद्दार गरेर उनलाई नारायणी अस्पतालमा लग्यो । नारायणीबाट पनि बारा प्रसौनी स्थित एलएस न्युरो अस्पताल लगियो ।

उनी थिए, बाराको प्रसौनी गाउँपालिका-५ प्रष्टोका बस्ने दीपेन्द्र चौधरी । उनको टाउकोमा चोट लाग्नुका साथै दाहिने खुट्टा र ढाड भाँचिएको छ । उनको सोही अस्पतालमा उपचार चलिरहेको छ ।

दीपेन्द्रकी श्रीमती २५ वर्षीया सुजाता चौधरी, ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरीको ह*त्या भएको छ । उनीहरु तीनै जनाको श*व बुधबार दिउँसो गाउँकै ढोरा खोलाको किनारमा भेटिएको छ । आमा र बच्चाको श*व तीन सय मिटर दूरीमा भेटिएको प्रहरीले जनाएको छ ।

दीपेन्द्रले भनेको ठाउँमै भेटियो श*व

सुजाताको माइती जीतपुरसिमरा–९ छातापिपरा हो । माइती पक्षले मंगलबार बिहान ३ बजेतिर ज्वाइँ दुर्घटनामा परी घा*इते भएको भनी खबर पाएका थिए । ज्वाइँ घा*इते भएको कुरा छोरीले बताउनुपर्नेमा छिमेकीबाट खबर पाए । सुजाताका बुवा सुरेन्द्र प्रसाद चौधरी बिहानै छोरीको घर प्रष्टोका पुगे । घरमा न छोरी थिइन्, न नाति नातिना नै ।

छर छिमेकीसँग बुझ्दा चारै जना घरबाट सँगै निस्किएको भन्ने जानकारी पाए । अस्पताल पुग्दा ज्वाइँ दीपेन्द्रको होस आइसकेको थियो । कसरी दुर्घटना भयो ? छोरी र नाति नातिनाहरु खोइ भनेर सोध्दा ‘डोरा खोलामा घोंगी खोज्न गएका होलान्, आइहाल्छन्’ भन्ने जवाफ दिन्थे । छोरी घर, अस्पताल, माइत, आफन्तकोमा कतै भेटिइनन् ।

उनीहरुले मंगलबार प्रहरी कार्यालयमा खोज तलासका लागि निवेदन पनि दिए । माइती पक्षले बुधबार पुनः अस्पताल गएर ज्वाइँ दीपेन्द्रसँग कुराकानी गरे । दीपेन्द्रले खेतनजिकै खोलामा सुजाता र छोराछोरीलाई कसैले मारेको र आफू भागेको बताए । दीपेन्द्रले भनेको ठाउँमा प्रहरी टोली लिएर पुग्दा छोरी र नाति नातिनीहरुको श*व भेटिएको सुजताको काका राजेन्द्र प्रसाद चौधरीले बताए ।

‘छोरी र ज्वाइँबीच सम्बन्ध त ठिकै थियो, कसरी कल्पना नै नगरेको घ*टना घ*ट्यो, थाहै भएन’, उनले भने ‘अब घ*टनाको सत्य तथ्या छानबिन होस, दोषीलाई कारबाही होस् । ’

प्रसौनी–५ का वडा अध्यक्ष सन्तोष साह प्रहरीले जानकारी गराएपछि घ*टना स्थलमा पुगेको बताउँछन् । ‘गाउँमा बुझ्दा चारैजना घरबाट सँगै निस्किएको भन्छन्’, उनले भने, ‘तीन जना मृ*त भेटिएका छन्, एक जना अस्पतालमा घा*इते छ, प्रहरीले अनुसन्धान गरिरहेको छ । सत्य तथ्य पत्ता लगाउला ।┌

श्रीमानमाथि आशं*का

प्रहरीले दीपेन्द्रमाथि नै आशं*का गरेको छ । उनी उपचारका क्रममा रहेकाले अस्पतालमा नै नियन्त्रणमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले परिवारका सदस्यबाटै घ*टना भएको आशं*कामा अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

‘आमा र छोराछोरीको श*व ३ सय मिटरको फरकमा थियो । पालैपालो घाँटी रे*टेर ह*त्या गरिएको जस्तो देखिन्छ’, उनले भने ‘सोमबार अपरान्ह श्रीमती र छोराछोरीसँगै निस्केका दीपेन्द्रको गतिविधि शं*कास्पद छ ।’

उनले पहिला कुरा लुकाउन खोजेपनि पछि श्रीमती र छोराछोरी मृ*त अवस्थामा देखेपछि भागेको भनी घ*टना स्थलको बारेमा सूचना दिएका प्रहरीको भनाइ छ ।

दीपेन्द्रले उनीहरुको ह*त्या गरी साइकलमा वीरगञ्ज जाँदा दुर्घटनामा परेको वा गाडीको अगाडि गई आ*त्मह*त्या गर्न खोजेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरी उपरीक्षक बोगटीले दीपेन्द्रको बयानपछि थप कुरा खुल्न सक्ने बताए ।-onlinekhabar

२०७९ आश्विन २७, बिहीबार प्रकाशित 1 Minute 60 Views