२०७९ मंसिर २१ बुधबार

निर्वाचन हुन ३८ दिन बाँकी रहँदा पनि चुनावी प्रचारप्रसार हुन सकेन

निर्वाचन हुन ३८ दिन बाँकी रहँदा पनि चुनावी प्रचारप्रसार हुन सकेन

सिमकोट – मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन आउन ३८ दिन मात्र बाँकी रहेका बेला जिल्लामा राजनीतिक दल चुनावी प्रचारप्रसार अभियान जुट्न सकेका छैनन्। निर्वाचनमा उम्मेदवारी दिएर निर्वाचन चिह्न प्राप्त गरेका उम्मेदवार जिल्लामा आइनपुुगेका कारण प्रचार प्रसार सुुरु हुन नसकेको हो।

चुनावी प्रचार अभियानलाई मुख्य प्रतिस्पर्धी दल गठबन्धन र नेकपा एमालेले सुरु नै गरेका छैनन््।
कांग्रेस उपसभापति वसन्त रोकायाले यति बेलासम्म प्रचारप्रसार अभियान सुुरु भइसक्ने भए पनि एक साता लामो वर्षाको कारण सो अभियानलाई बाधा पु¥याएको बताए।

उनले अधिकांश उम्मेदवारले मनोनयनका लागि जिल्लामा आएर आफ्नो उपस्थितिमा गर्न नपाएपछि काठमाडौं र सुर्खेतबाटै दर्ता गर्नुपरेको र मंगलबारसम्म हवाई सेवा सुचारु नभएका कारण त्यसको असर पनि परेको बताए।

आफ्नो उम्मेदवारी आफँै दिनेमा साना दल राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी र एक जना स्वतन्त्र उम्मेदवार मात्र थिए।

दुुई प्रदेश क्षेत्र र एक प्रतिनिधि सभा गरी १६ जनाले मात्र आफ्नो दल तथा स्वतन्त्रबाट उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका थिए।

तीमध्ये प्रतिनिधि सभाका लागि नेकपा माओवादी समाजवादीका कर्णजित बुढाथोकी र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका क नम्बर क्षेत्रका धुु्रवबहादुुर शाही र ख नम्बर क्षेत्रका बली रावत गरी दुुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।

उनीहरू दुुवै जना माओवादी नजिकका हुन्। अब १३ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन्। तीन जना प्रत्यासी रहेको प्रतिनिधि सभा सदस्य पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा कार्चेन, एमालेका दलबहादुुर रावल र राप्रपाका तेजबहादुुर रावत उम्मेदवार छन्।

त्यसैगरी, प्रदेश सभा क नम्बर क्षेत्रका उम्मेदवार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रणसिहं परियार, एमाले दलबहादुुर फडेरा, राप्रपाका छापे ऐडी, स्वतन्त्र मंगलबहादुुर शाही छन्। चार जनामध्ये राप्रपाका ऐडीबाहेक अन्य सबै तीनै जना जिल्ला बाहिरै छन्। त्यसैगरी ख नम्बर क्षेत्रका लागि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसको तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही, एमालेका छक्कबहादुुर लामा, राप्रपाका नैनसिंह रावत र जसपाका बलिराज शाही छन्।

मुख्य प्रतिस्पर्धी मुख्यमन्त्री शाही र लामा जिल्लाबाहिरै छन्। ती उम्मेदवार पनि एक दिन अगाडिसम्म बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराउन जिल्लाबाहिरै व्यस्त थिए।

गठबन्धन र एमालेका जिल्लास्तरका नेताले निर्वाचनका लागि प्रत्यासी उम्मेदवार जिल्लामा आइनपुुगेकै कारण प्रचार अभियान सुुरु हुन नसकेको जनाएका छन्। यद्यपि, फेसबुकबाट भने गठबन्धन दल र एमालेले आफ्ना उम्मेदवारको पक्षमा प्रचार प्रसार सुुरु गरिसकेका छन्।

२०७९ आश्विन २७, बिहीबार प्रकाशित 0 Minutes 48 Views

ताजा समाचार