
९ दिनदेखि कालीकाेट अन्धकार

प्रतीकात्मक तस्बिर
कालीकोट – लगाताकाे अविरल वर्षाका कारण बन्द भएकाे विद्युत् सेवा सञ्चालनमा नआउँदा कालीकोट अन्धकार भएको छ ।
दशैँको टीकाकाे दिनदेखि बन्द भएकाे विद्युत् सेवा सञ्चालनमा नआउँदा कालीकाेटवासीले सास्ती खेप्नुपरेको छ । लगातारको वर्षाले बादल लागेपछि सोलारले समेत काम गर्न छोडेको स्थानीय व्यापारी शेरबहादुर भण्डारीले गुनासाे गर्नुभयाे ।
सदरमुकाम मान्म बजारमा दैनिक कामकाजका लागि आउने स्थानीयवासीले मोबाइल फोनसमेत चार्ज गर्न कठिनाइ भएको बताएका छन् । मर्मतकाे काम भइरहेकाले भाेलि शनिवारसम्म विद्युत् सेवा सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमल शाहले बताउनुभयो ।