२०८० जेष्ठ २७ शनिबार

गोरखा पुगेर घुँक्कघुँक्क रोए प्रचण्ड

गोरखा पुगेर घुँक्कघुँक्क रोए प्रचण्ड

गोरखा पुगेर घुँक्कघुँक्क रोए प्रचण्डगोरखामा आयोजित कार्यक्रममा प्रचण्ड। तस्बिर : प्रचण्डको फेसबुकबाटfacebook sharing button

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा रोएकाछन्।

गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आफू गोरखामा आउनुपर्ने कारणबारे व्याख्या गर्ने क्रममा भक्कानिँदै रोएर आँसु बगाएका हुन्।

चितवन ३ छाडेर गोरखा आउनुर्ने कारणबारे व्याख्या गर्दा गर्दै उनी घुँक्कघुँक्क गर्न थाले।

चिनियाँ कम्युनिस्ट आन्दोलनमा विचलन आएपछि माओत्सतुङ विरक्तिएर एकपटक चिनकाङसाङ फर्किएको घटना सुनाउँदै उनी कार्यकर्तामाझ घुँक्कघुँक्क गरे।

उनले चिनियाँ कम्युनिष्ट आन्दोलनका अगुवा माओत्सेतुङ पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न, नयाँ आन्दोलनको तागत लिन चिनकाङसाङ पुगेको पनि उनले सुनाए।

‘अहिले म पनि अन्तिम युद्ध लड्न त्यसैगरी गोरखा आएको हुँ,’ उनले भने, ‘ऊर्जा बटुल्न यहाँ आएको हुँ।’

दाहालले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर लुकाउन नसकिने बताए। उनले नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखामा चुनाव लड्न लागेको पनि तर्क गरे।

गोरखामा कार्यकर्तामाझ उनले आफ्नो युवाउमेर बितेको, जनयुद्धको थालेको, युद्धको सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वार्टर भएको रखालाई चिनकाङसाङको संज्ञा दिए।

उम्मेदवारी मनोनयनपछि चुनावी प्रचारचका लागि पहिलो पटक पुगेका उनी यति व्याख्या गरेर धेरैपटक रूँदै कार्यकर्ता फकाउने कोसिस गरे।

अबको आन्दोलन शान्तिपूर्ण हुने उनको तर्क थियो। संसदवादी दलमा माओवादी मात्रै भ्रष्टाचारमुक्त रहेको उनले दाबी गरे।

दाहालले माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारमुक्त नभएको बताउँदै आफू भने त्यसबाट परै रहेको तर्क गरे।

२०७९ आश्विन २८, शुक्रबार प्रकाशित 1 Minute 60 Views