२०७९ चैत्र ७ मंगलवार

बालेनको निरन्तर एक्सन, थापाथलीको क्रियापुत्री भवनमा चल्यो डोजर

बालेनको निरन्तर एक्सन, थापाथलीको क्रियापुत्री भवनमा चल्यो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको अबैध संरचनामाथि डोजर चलाएको छ । शुक्रबार बिहान महानगरले
थापाथलीस्थित सुकुम्बासी बस्ती नजिकै डोजर चलाएको हो ।

सुकुम्बासी बस्तीमा रहेका क्रियापुत्री भवन महानगरले भत्काएको जनाइएको छ । यसअघि काठमाडौं महानगरले काठमाडौंका विभिन्न स्थानमा बनेका अवैध संरचना हटाउँदै आइरहेको छ । बिहिबार पनि महानगरले थापाथलीको सडकमा रहेको ठेलागाडा हटाएको थियो ।

थापाथली पुग्यो बालेनको डोजर !

काठमाडौं महानगरपालिकाले थापाथलीमा डोजर चलाएको छ । सो क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन महानगरले शुक्रबार डोजर चलाउन सुरु गरेको हो ।

महानगरले सुकुम्बासी बस्ती नजिकै निर्माण भएका अनधिकृत संरचना हटाइरहेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

उनका अनुसार महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल आउने क्षेत्रसम्ममा रहेका अनधिकृत संरचना हटाइरहेको छ ।

सो क्षेत्रमा क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचना अनधिकृत रहेको बताइएको छ ।

अवैध संरचना भत्काउने मेयर बालेन शाहको अभियान शुक्रबार थापाथलीमा पुगेको हो ।

यसअघि, बानेश्वर, न्युरोड, बालाजुलगायतका थुप्रै क्षेत्रमा महानगरको डोजर पुगिसकेको छ ।

२०७९ आश्विन २८, शुक्रबार प्रकाशित 0 Minutes 44 Views

ताजा समाचार