
काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४४ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले गृह मन्त्रालयलगायत विभिन्न निकायमा कार्यरत ४४ जना उपसचिवको सरुवा गरेको हो । सरुवा भएकामध्ये १६ जनालाई विभिन्न निकायबाट गृहमन्त्रालय तानिएको छ ।
त्यस्तै, गृहका १६ जना उपसचिवहरुलाई अन्यत्र खटाइएको छ । गृह बाहेकका १२ उपसचिवको संघ, प्रदेश र स्थानीय तहमा सरुवा भएको छ ।
२०७८ आश्विन १४, बिहीबार प्रकाशित
0 Minutes
452 Views