
अवै*ध कपडासहित दुई प*क्राउ
विराटनगर : अवै*ध रूपमा ल्याएको कपडासहित प्रहरीले विराटनगरबाट शनिबार बिहान दुई जनालाई प*क्राउ गरेको छ।
भारतबाट तस्करी गरेर कपडा ल्याउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१६ स्थित उखुबारीबाट उनीहरु प*क्राउ परेका हुन्।
साढे चार लाख रुपैयाँभन्दा बढीको कपडासहित प*क्राउ पर्नेमा विराटनगर-१६ का २२ वर्षीय दिनेश ऋषिदेव र ३५ वर्षीय खेदन यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले भन्सार छलीको कपडासहित ऋषिदेव र यादवलाई बिहान साढे ४ बजेतिर प*क्राउ गरेको हो।
बोरामा प्याक गरेर ल्याइएको अवै*ध कपडा पनि प्रहरीले ब*रामद गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले प*क्राउ परेकाको साथबाट १ सय १० पिस कुर्तासलवार, ५० पिस साडी, २ सय ५ पिस टप्स र २० पिस तन्ना ब*रामद भएको जानकारी दिए।
उनका अनुसार ब*रामद भएको कपडा चार लाख ५२ हजार पाँच सय मूल्य बराबरको छ। ब*रामद गरिएको कपडासहित प*क्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने कार्कीले बताए।