२०८० जेष्ठ १९ शुक्रबार

फेसबुक लाइभ गर्दै २३० किमी/घण्टा स्पीडमा कुदाउँदा बिएमडब्लु कार दु*र्घ*टना, ४ जनाको मृ*त्यु

फेसबुक लाइभ गर्दै २३० किमी/घण्टा स्पीडमा कुदाउँदा बिएमडब्लु कार दु*र्घ*टना, ४ जनाको मृ*त्यु

एजेन्सी । उत्तर प्रदेशको सुल्तानपुर नजिक शुक्रबार फेसबुक लाइभ गर्दै कारलाई २३० किलोमिटर प्रतिघण्टा कुदाएपछि दु*र्घटना भयो । दुर्घ*टनामा कारमा सबार चारै जनाको मृ*त्यु भएको छ ।

फेसबुक लाइभ गर्ने व्यक्तिले क्यामेरालाई कारको ‘स्पीडोमिटर’ मा केन्द्रित गर्छन् र स्पिड बढ्दै जाँदा एक जना युवा अब ‘चारै जना म*र्ने पो हो की’ भन्ने चेतावनी दिइन्छन् । ती युवाले यस्तो भनेको केही बेरमै कार कन्टेनरसँग ठोक्किन्छ र चारै जनाको मृ*त्यु हुन्छ ।

दु*र्घटना यति भीषण थियो कि कारमा सवार चार युवा र बीएमडब्लुको इन्जिन उछिटिएर टाढा खसेको थियो । एक युवकको टाउको र हात दु*र्घ*टनास्थलबाट २०–३० मिटर टाढा फेला परेको थियो । कार पनि टुक्रा टुक्रा भएको छ ।

भारतमा सवा करोड भारु पर्ने बीएमडब्ल्यू सुरुमा युवाहरूले ६२–६३ किलोमिटर प्रतिघण्टाको गतिमा दौडाइरहेका थिए । त्यसपछि उनीहरूले कारको स्पिड जाँच्ने भन्दै स्पिड बढाउँदै बढाउँदै २३० किमी प्रति घण्टासम्म पुर्‍याउँछन् ।

कारमा बिहारका डा. आनन्द कुमार, उनका काकाका ज्वाइँ इन्जिनियर दीपक आनन्द,साथी अखिलेश सिंह र भोला कुशवाहा सवार थिए । गाडी भोलाले चलाइरहेका थिए । परिवारका अनुसार डा. आनन्द कुमार महँगो कार र बाइकको शौकीन थिए । उनीसँग १६ लाखको मोटरसाइकल पनि थियो । उनले केही समयअघि मात्रै सवा करोड भारुमा बीएमडब्लु किनेका थिए र सोही कार सर्भिसिङका लागि लखनउ जाँदै थिए ।

डा. आनन्द कुमार नामक चलेका डाक्टर तथा जनता दल युनाईटेड(जेडीयू) नेता निर्मल कुमारका कान्छा छोरा थिए । डा. निर्मल कुमार हाल पार्टीको तर्फबाट औरंगाबाद लोकसभाको इन्चार्ज छन् ।

दुर्घ*टना भएको स्थानतर्फ सात दिनअघि वर्षाका कारण सडक अवरुद्ध भएको थियो । बिहीबार सडकमा बनेको खाडलमा एक गाडी फसेको थियो, जुन सडकमै थियो । तीव्र गतिमा रहेको बीएमडब्लु त्यही कन्टेनरसँग ठोक्किएको बताइएको छ ।

२०७९ आश्विन २९, शनिबार प्रकाशित 0 Minutes 91 Views