
वर्षा र श्रीमान आशिषले गरे एकअर्कालाई ‘अनफलो’, सम्बन्धमा खटपट् भएकै हो ?
काठमाडौं । गत बैशाख ९ गते अभिनेत्री वर्षा शिवाकोटी र अमेरिका निवासी आशिष गेलालबीच धुमधामपूर्वक विवाह भयो ।
विवाह लगत्तै वर्षा श्रीमानसँग अमेरिका पनि सँगै गएकी थिइन् । उनी त्यहाँ केही समय आशिषसँगै बसिन् । उनीहरुका रोमान्टिक मोमेन्टका तस्वीर पनि सार्वजनिक भएका थिए ।
अमेरिकाबाट फर्किएपछि अनलाइनखबरसँग कुरा गर्दै वर्षाले आफूले श्रीमान र फिल्म करिअरलाई सन्तुलन मिलाएर अघि बढाउने बताएकी थिइन् । आफूलाई श्रीमानबाट व्यवसायिक करिअरमा सहयोग मिलेको पनि उनको भनाई थियो ।
अमेरिकाबाट फर्किएपछि न त वर्षा न त आशिषले एकअर्काका युगल तस्वीर पोस्ट गरेका छन् । बरु, उनीहरुले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । वर्षाकी आमा दुर्गा र आशिषले पनि एकले अर्कोलाई अनफलो गरेका छन् ।
वर्षा र आशिषले विवाहका बाहेक अन्य तस्वीर पनि हटाएका छन् ।
अनफलो गर्दैमा सम्बन्धमा दरार आउँछ भन्ने निश्चित त होइन तर, दरारको संकेत मिलेको छ । एकातिर अनफलो गर्नु र अर्कोतिर फोटै हटाउनुले सम्बन्धका खटपटको संकेत चाहिँ दिन्छ ।
पछिल्लो समय वर्षाले आमा दुर्गासँग सिंगापुर र थाइल्याण्ड भ्रमणबाहेकका अन्य तस्वीर पोस्ट गरेकी छैनन् । के वैवाहिक सम्बन्धमा दरार आउन लागेको हो ? पक्कै पनि वर्षाले यसबारे आफ्नो धारणा बाहिर बाहिर ल्याउलिन् ।
यसबारे बुझ्न वर्षालाई सम्पर्कको प्रयास गरिएपनि उनी उपलब्ध भइनन् ।