
माछापुच्छ्रे बैंकले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा एक हजार भन्दा बढी स्थानीयको करोडौं रुपैयाँ गायब पारेको छ । बैंकमा जम्मा गरेको पैसा गायब भएपछि स्थानीय न्यायका लागि हारगुहार गरिरहेका छन् ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ रोइनिहवाका ५५ वर्षका जोगेन्द्रप्रसाद तेली खेती किसानी सँगै इट्टा उद्योगमा काम गर्दै आउनु भएको छ । करिव पाँच वर्ष अघि उहाँको गाउँ नजिकै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा कार्यालय खुल्यो । उद्योगमा काम गरेर कमाएको केही पैसा बैंकमा जम्मा गर्न थाल्नु भयो ।