
साकाको गोलमा आर्सनल विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा आर्सनलले लिड्समाथि १-० गोल अन्तरको जित हासिल गरेको हो ।
आर्सनलको जितमा बुकायो साकाले खेलको ३५औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो आर्सनलको यस सिजनमा १० खेलमा नवौं जित हो । यस खेलपछि आर्सनलको १० खेलमा २७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै लिड्स युनाइटेडको ९ खेलमा ९ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ ।