२०८० जेष्ठ २३ मंगलवार

बङ्गलादेशमा दुई नेताको ह*त्या

बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको ह*त्या गरेको प्रहरीले आइतबार जनाएको छ ।

करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो ।

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेश विशाल शिविरमा आश्रय दिइरहेको छ ।

हालैका महिनाहरूमा अव्यवस्थित बस्तीहरूमा हिंसा बढेको छ, गिरोहहरूले लागूपदार्थ तस्करीमा नियन्त्रण कायम गर्ने, शरणार्थीहरूको नागरिक नेतृत्वलाई ह*त्या र अपहरणमार्फत् तर्साउने गरिरहेका छन् ।

प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको ह*त्या भएको पुष्टि गरेका छन् ।

“एक दर्जनभन्दा बढी रोहिङ्ग्या उपद्रवीहरूले क्याम्प १३ का प्रमुख ३८ वर्षीय मौलवी मोहम्मद युनुसको ह*त्या गरेका थिए। उनीहरुले अर्का माझी ३८ वर्षीय मोहम्मद अनवरको पनि ह*त्या गरेका छन् । युनुसको घ*टनास्थलमै र अमवारको अस्पतालमा मृत्यु भएको थियो।

‘माझी’ रोहिंग्या शिविरका नेताका लागि एउटा शब्द हो ।

शिविरमा सुरक्षाको जिम्मा पाएको इकाइका एक वरिष्ठ अधिकारीले म्यान्मारमा सेनासँग लडिरहेको विद्रोही समूह अराकान रोहिङ्ग्या साल्भेसन आर्मी (एआरएसए) लाई मारिएको आरोप लगाएका छन् ।

“यो एआरएसएद्वारा लक्षित ह*त्याहरू हुन् । म्यान्मारको आन्तरिक द्वन्द्वले शिविरको सुरक्षा अवस्थालाई प्रभावित गरिरहेको छ,” संवेदनशील सूचनाबारे नाम नबताउने शर्तमा उनले भने ।

‘याबा मेथाम्फेटामाइन’ चक्कीमा केन्द्रित लागुऔषधको कारोबार नियन्त्रणका लागि गिरोहले लामो समयदेखि युद्ध लड्दै आएको छ, तर बङ्गलादेशको कक्स बजार जिल्लाका प्रहरी प्रमुखले त्यहाँ तनाव बढेको बताएका छन् ।

“पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिङ्ग्याको ह*त्या भएको छ। गत वर्षको तुलनामा शिविरमा ह*त्याका घ*टनामा वृद्धि भएको छ,” महफुजुल इस्लामले एएफपीसँग भने।

रोहिङ्ग्या समुदायका एक नेता र शनिबार मारिएकामध्ये एकका भतिजाले पनि ह*त्याका लागि एआरएसएलाई दोषी ठहराएका छन् ।
एआरएसएले शनिबारको ह*त्याबारे सार्वजनिक रुपमा कुनै टिप्पणी गरेको छैन ।

गत वर्षको सेप्टेम्बरमा शीर्ष रोहिङ्ंग्या नेता मोहिब उल्लाहको ह*त्या गरेको आरोपमा यस वर्षको सुरुमा यसका केही सदस्यमाथि अभियोग लगाइएको थियो । एआरएसएले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा स्वागत गरेका उल्लाहको ह*त्यापछि बङ्गलादेशी अधिकारीहरूले ठूलो कारबाही सुरु गरेका थिए र कम्तीमा आठ हजार संदिग्ध एआरएसए सदस्यहरूलाई गिरफ्तार गरिएको थियो ।-lokantar

२०७९ आश्विन ३१, सोमबार प्रकाशित 1 Minute 48 Views