२०७९ माघ १६ सोमबार

सत्यमोहनले किन गरेका थिए शरीर दानको घोषणा ?

शताब्दी पुरूष सत्यमोहन जोशीको नि*धन भएको छ । १०३ वर्षकाे उमेरमा जोशीको आज बिहान ७ बजेर ९ मिनटमा नि*धन भएको हो । पछिल्लो केही समयदेखि बिरामी परिरहेका जोशीले २०७७ सालमा नै शरीर दानको घोषणा गरेको थिए । जोशी दम्पतीले नै मरणोपरान्त शरीर दानको घोषणा थिए ।

३० माघ २०७७ मा जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गरेका थिए । छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गरिएको थियो ।

शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको प्रतिक्रिया सो दिन आयोजित कार्यक्रममा बताएका थिए ।  शरीर दानकाे घाेषणा गरेका जाेशीकाे अन्तिम संस्कार कसरी गर्ने भन्नेबारे अहिले छलफल भइरहेकाे छ । shilapatra

२०७९ आश्विन ३१, सोमबार प्रकाशित 1 Minute 38 Views

ताजा समाचार