२०७८ मंसिर १२ आईतवार

उजुरी गर्दा पनि सुनुवाइ नभएपछि बालिकाद्वारा आ,त्म ह,त्या

धनुषाको जनकनन्दनी गाउँपालिका–४ बस्ने १२ वर्षीया ममता कामतले न्याय नपाउँदा आवेगमा आएर वि,ष पान गरी आ,त्मह,त्या गरेकी छन् ।

कक्षा ७ मा अध्ययनरत उनीमाथि भदौ २३ मा ट्युसन पढेर घर फर्किने क्रममा सोही गाउँका तीन युवाले यौ,न दुर्व्य,वहार गरेको आरोपका साथ परिवारले स्थानीय प्रहरी चौकीमा उजु,री दिएको थियो । ती युवाले मोबाइल नम्बर लेखिएको एउटा पर्ची ममताको हातमा जब,र्जस्ती थमाएको बताइन्छ ।

दुर्व्य,वहारबारे बालिकाले परिवारजनलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय खजुरीमा भदौ २४ मा आफूहरुले जाहेरी दिएको मृ,तकका पिता सुरेश कामतले बताए ।

प्रहरीले गाउँमै घट,ना मिलाउन भनेपछि आफूहरुले जनकनन्दनी गाउँपालिका– ४ का वडा अध्यक्ष हरिचन्द्र कामतलाई गुनासो गरेको उनको भनाइ छ । वडा कार्यालयमा भदौ २५ मा सो घट,नाबारे छलफल भए पनि कुनै निष्कर्ष निस्किएन ।

दुर्व्यवहार गर्ने पक्षका रामउदगार दासले होहल्ला गरेपछि छलफल कुनै टुङ्गोमा नपुगेको वडा अध्यक्ष हरिचन्द्र कामतले जानकारी दिए । न्यायमा ढिला हुँदा बालिकाले आ,त्मह,त्या गरेको स्थानीयवासी धुपु कापरले बताए । ईलाका प्रहरी कार्यालयमा जाहेरी दिँदा समेत प्रहरीले का,रवाही प्रक्रिया नबढाउँदा बालिकाले आ,त्मह,त्या रोजेको उनको भनाइ छ ।

घट,ना अनुसन्धानको क्रममा पी,डित बालिकाको समेत बयान आवश्यक रहेकाले उनलाई बोलाएको तर नआउँदा आफूहरुले घ,टना दर्ता गर्न नसकेको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरधाममा बालिकाको श,व पोस्टमा,र्टम गरिएको छ ।

२०७८ आश्विन १५, शुक्रबार प्रकाशित 0 Minutes 83 Views

ताजा समाचार