२०७९ चैत्र ७ मंगलवार

केपी ओलीले कात्तिक ४ गते नागरिकसँग फोनमा कुराकानी गर्ने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने भएका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन्।

उनले आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गरेका छन्। उनले लेखेका छन्, ‘मेरो फेसबुक पेजको म्यासेज बक्समा आफ्नो मोबाइल नम्बर म्यासेज गर्नुहुन अनुरोध गर्दछु।’

उनले फेसबुकमा कार्तिक ४ गते कुराकानी गरौं भन्ने फोटो अपलोड गरेका छन्।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग कात्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

‘कल केपी बा’ लेखिएकाे आफ्नो तस्बिर सहितको पोष्टर सेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं ।’​

ओली​ले टेलिफोन सम्वाद गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको इनबक्समा म्यासेज गरी पठाउन आग्रह गरेका छन् । सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफैँ फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुक मार्फत दिएका छन् ।

२०७९ कार्तिक १, मंगलवार प्रकाशित 1 Minute 52 Views

ताजा समाचार