
ती बेलायती पाइलटको सीप र कौशलता चिनियाँ सेनामा प्रयोग गर्नका लागि यसरी उनीहरूलाई चीनमा आकर्षित गर्ने गरिएको बताइएको छ ।
चीनको पिपुल्स लिबरेसन आर्मीका सदस्यहरूलाई तालिम दिनका लागि बेलायतका करिब तीसजना पूर्वसैनिक पाइलट चीन पुगेको हुनुपर्ने अनुमान गरिएको छ ।
बेलायतले आफ्ना पूर्वसैनिक पाइलटहरूलाई चिनियाँ सेनाका लागि काम नगर्न गुप्तचर सतर्कता विज्ञप्ति जारी गरेको छ ।
पश्चिमी अधिकारीहरूले यसरी पाइलटहरूलाई चीनमा रोजगारी दिने काम जारी रहेको र हालै यस कार्यले तीव्रता पाइरहेकाे जनाएका छन् ।
बेलायतको रक्षा मन्त्रालयका प्रवक्ताले पाइलटलाई तालिम दिनु र भर्ति गर्नु जस्ता कार्यले बेलायतको वर्तमान कानुनको उल्लङ्घन नभएको तर बेलायत र अन्य मुलुकहरूले यस गतिविधि रोक्ने प्रयास गरिरहेको जनाएका छन् ।
एउटा प्याकेजका लागि प्रति पाइलट २ लाख ७० हजार अमेरिकी डलरसम्म दिइने गरिएको बताइएको छ । अवकाश प्राप्त बेलायती पाइलटहरूबाट पश्चिमी विमान र पाइलटहरूले प्रयोग गर्ने प्रविधि र शैलीबारे चीनले ज्ञान हासिल गरिरहेकाे छ ।
ताइवानमाथिको आक्रमण वा अन्य कुनै द्वन्द्वका लागि यी सूचना निकै महत्वपूर्ण साबित हुनेछन् । सन् २०१९ मा पहिलो पटक बेलायतले यसरी आफ्ना पाइलटलाई चीनले प्रयोग गर्ने गरेको सूचना पाएको थियो ।
बीबीसीबाट ।