२०७८ मंसिर १२ आईतवार

आजको राशिफल, २०७८ असोज १५ शुक्रवार

आजको राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries
मनमा हर्ष तथा उमंग आउनेछ, सेवा गर्ने भाव जाग्ला, साथिभाई इष्टमित्र तथा प्रीयजनको साथ र सहयोगले नयाँ कार्यमा थालनी होला शत्रुहरु टाढा होलान् , तर पेट तथा आखा सम्बन्धि रोग लाग्नसक्छ, सावधानी अपनाउनुहोला।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus
आर्थिक तथा ब्यवसायिक क्षेत्रमा सुधार होला, मनले इच्छाएका कुराहरु पूरा हुनेछन् , शत्रुमाथी बिजय पाइएला,तर अपरान्ह पछि छाती तथा घाटिमा समस्या आउनसक्छ, होसियार रहनु होला।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini
भुमि तथा मातृपक्षबाट कष्ट होला, व्यर्थको तनाव तथा अपयशले मन खिन्न होला,रोकिएका कामकार्यमा झन रुकावट होला,तर बिदेश यात्राका लागि भने अवसर आउनसक्छ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer
अध्ययन अध्यापनमा रुचि बढ्ला, पशु तथा चौपायाबाट लाभ होला,सबैको सद्भाव र सहयोगले कामकार्यमा सफलता मिल्ला, तरपनी आर्थिक रूपमा आजको दिन कमजोर रहनेछ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo
धार्मिक तथा आध्यात्मिक क्षेत्रमा प्रगति होला, तर कुनै नयाँ कार्य भने नगरेको राम्रो होला न्याय पक्ष तथा वैदेशिक मार्ग भने अधुरै रहला, तर विभिन्न समस्याको समाधान भने आफै गर्न सकिनेछ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo
रचनात्मक कामतिर मन जानेछ, विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग छ, पठनपाठनमा मन जानेछ, अधुरा काम बन्नाले मन प्रशन्न रहनेछ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra
बिरोधि तत्वहरु सक्रिय रहलान,नयाँ स्थानको यात्रा नगर्दा राम्रो होला, अनावश्यक खर्चले मनमा अशान्ति होला, आहार बिहारमा बिशेष ध्यान दिनुहोला, पेटमा खराबी आउनसक्छ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio
दण्ड तथा जरिवाना हुनसक्छ, नगरेको काममा अपयश हुनसक्छ, व्यर्थको भ्रमण होला, बिरोधि तत्वहरु सक्रिय रहलान, मन खिन्न हुनेछ, साझपख भने शुभ समाचार सुन्न पाइएला।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius
शुभ ग्रहको प्रभावले आजको दिन बन्धनमुक्त, शत्रुमाथि बिजय तथा निचबाट सहयोग प्राप्त होला। स्त्री, पुत्र तथा धन लाभ होला, आजको दिन शत्रुहरु कमजोर हुनेछन् ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn
आजको दिन लेख रचना तथा काव्य लेखनमा समय बित्नेछ, साहित्यिक कार्यमा लाभ होला, सज्जनको संगतले धनमान तथा यश प्राप्ति गराउला, आजको दिन पुत्र प्राप्तिको योग पनि रहेको छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius
भाईबन्धुबाट विवाद गराउला, धननाश तथा शत्रु पक्षबाट कष्ट होला, घाउ तथा चोटपटकको भय रहनेछ, तर पनि अपरान्ह पछि भने धन प्राप्तिको योग रहेकोे छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
आजको दिन अनेक प्रकारका लाभ हुनेछ,तनमनमा आरोग्यता आउनेछ, मान सम्मान तथा उन्नति गराउला तर निच तथा दुर्जनको सहयोगले कामकाज भने अधुरै रहला।

२०७८ आश्विन १५, शुक्रबार प्रकाशित 1 Minute 121 Views

ताजा समाचार